गृहपृष्ठ काठमाडाैंमा १ लाख २४ हजार मतगणना सकियाे, बालेन साहको अग्रता कायमै
काठमाडाैंमा १ लाख २४ हजार मतगणना सकियाे, बालेन साहको अग्रता कायमै
काठमाडौँ महानगरपालिकाको प्रमुख पदको स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ४३ हजार ७५७ मत प्राप्त गरी अग्रस्थान कायम गरेका छन् । जारी मतगणनाअनुसार नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहले २५ हजार ६८० मत प्राप्त गरेकी छन् ।
यसैगरी नेकपा (एमाले)का उम्मेदवार केशव स्थापितले २४ हजार ५७८ मत ल्याएका छन् भने उपप्रमुखमा सोही पार्टीको उम्मेदवार सुनिता डंगाेलले ४४ हजार ७०५ मत ल्याएर अग्रस्थानमा छन् । उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी)का रामेश्वर श्रेष्ठले १५ हजार ६७० मत पाएका छन् ।
प्रदर्शनीमार्गस्थित राष्ट्रियसभा गृहमा मतगणना भइरहेको छ । अहिले वडा नं. ९, १०, १३, १४, १५, २०, २२ र २६ को मतगणना कार्य जारी छ । वडा नं. १, २, ३, ४, ५, ६, ७, ८, ११, १२, २३, २४, २५, २७, २८, २९ ३०, ३१ र ३२ को मतपरिणाम सार्वजनिक भइसकेको छ । कामपामा हालसम्म एक लाख २४ हजार ५४४ मतगणना भएको छ ।
प्रकाशित समय : १६:२५ बजे


















