गृहपृष्ठ युरोपा लिग : फ्रान्कफुर्ट बन्याे च्याम्पियन
युरोपा लिग : फ्रान्कफुर्ट बन्याे च्याम्पियन
जर्मन क्लब फ्रान्कफुर्ट युरोपा लिग फुटबलको च्याम्पियन बनेकाे छ । बुधबार राति भएको फाइनलमा रेन्जर्सलाई पेनाल्टी सुटआउटमा ५-४ गोलले पराजित गर्दै फ्रान्कफुर्टले उपाधि जितेकाे हाे ।
फ्रान्कफुर्ट सन् १९९७ पछि युरोपा लिग जित्ने पहिलो बुन्डेसलिगा क्लब बनेको छ । खेलकाे ५७औं मिनेटमा जोइ अरिबोले गोल गर्दै रेन्जर्सलाई सुरुआती अग्रता दिलाएका थिए । ६९औं मिनेटमा राफेल सान्तोसले गोल गर्दै फ्रान्कफुर्टलाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।
खेलको निर्धारित र थप गरिएको अतिरिक्त समय १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियाे । पेनाल्टी सुटआउटमा राफेल सान्तोस बोरे मुरे, फिलिप कोस्टिक, दाइची कामडा, एडिन ह्रुस्टिक र क्रिस्टोफर लेन्जले गोल गरे । रेन्जर्सका आरोन रामसे पेनाल्टीमा चुके । केमार रोफ, स्कोट आर्फिल्ड, स्टेभेन डेभिस र जेम्स टाभेनरले गोल गरे ।
प्रकाशित समय : १८:२६ बजे



















