global ime bank Long Banner Ad

गृहपृष्ठ आफ्नो घोषणापत्रलाई ‘पागलहरुको प्रलाप’ भन्ने ओलीकाे टिप्पणीबारे कांग्रेसले जवाफ दिने

आफ्नो घोषणापत्रलाई ‘पागलहरुको प्रलाप’ भन्ने ओलीकाे टिप्पणीबारे कांग्रेसले जवाफ दिने

आफ्नो घोषणापत्रलाई ‘पागलहरुको प्रलाप’ भन्ने ओलीकाे टिप्पणीबारे कांग्रेसले जवाफ दिने

नेपाली कांग्रेसले सार्वजनिक गरेको चुनावी घोषणापत्रविरुद्ध नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेको टिप्पणीबारे कांग्रेसले जवाफ दिने भएको छ । बैशाख ११ मा सार्वजनिक कांग्रेसको घोषणापत्रलाई मंगलबार एमाले अध्यक्ष ओलीले ‘पागलहरुको प्रलाप’ भनेका थिए ।

ओलीको अभिव्यक्तिबारे कांग्रेस महामन्त्री एवम् निर्वाचन घोषणापत्रका संयोजक गगनकुमार थापाले दिउँसो १ बजे बत्तिसपुतलीमा आयोजित निर्वाचन अभियान सम्बन्धी कार्यक्रममार्फत् जवाफ दिने भएका हुन् ।

अनुपम फुडल्याण्डमा ‘स्थानीय तह निर्वाचन अभियान र सम्पर्क समितिहरूको भूमिका’ विषयमा कार्यक्रम आयोजना गरिएको छ । यही कार्यक्रममार्फत् थापाले ओलीको अभिव्यक्तिको जवाफ दिने नेपाली कांग्रेसले जनाएको छ ।

प्रवक्ता डा. प्रकाशशरण महतले मंगलबार नै ओलीको टिप्पणीमाथि काउन्टर दिएका थिए । महतले ओलीको टिप्पणीमाथि खेद प्रकट गर्दै आचारसंहिता उल्लंघनमा निर्वाचन आयोगको ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित समय : १६:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु