गृहपृष्ठ ‘कराँची विस्फाेट’पछि चीनले भन्यो- हाम्रा नागरिकलाई सुरक्षा देऊ
‘कराँची विस्फाेट’पछि चीनले भन्यो- हाम्रा नागरिकलाई सुरक्षा देऊ
पाकिस्तानको कराँची विश्वविद्यालयमा भएको बम विस्फोटको छानबिन गर्न चीनले माग गरेको छ । मंगलबार भएको विस्फोटमा आफ्ना तीन नागरिकको मृत्यु भएपछि चीनले यो विषयमा छानबिन गर्न माग गरेको हो ।
चीन सरकारकाे आधिकारिक पत्रिका ग्लोबल टाइम्सका अनुसार पाकिस्तानस्थित चिनियाँ दूतावासले घटनाको कडा निन्दा गरेको छ । उसले आफ्ना नागरिकलाई पूर्ण सुरक्षा दिन पनि पाकिस्तानलाई आग्रह गरेको छ । यो घटनाप्रति पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफले गहिरो दुःख व्यक्त गरेका छन् । उनले यसलाई आतंकवाद र कायरतापूर्ण कार्यको संज्ञा दिएका छन् ।
कराँची विश्वविद्यालयमा मंगलबार भएको बम विस्फोटमा तीन चिनियाँ शिक्षकको मृत्यु भएको थियो । विस्फोटमा भ्यान चालकको पनि मृत्यु भएको थियो ।
प्रकाशित समय : १६:५८ बजे