global ime bank Long Banner Ad

गृहपृष्ठ एन्फा महिला संघमा नयाँ कार्यसमिति

एन्फा महिला संघमा नयाँ कार्यसमिति

एन्फा महिला संघमा नयाँ कार्यसमिति

अखिल नेपाल फुटबल संघ (एन्फा) महिला संघमा नयाँ कार्यसमिति चयन भएकाे छ । समितिकाे अध्यक्षमा पेमा डोल्मा लामा निर्वाचित भएकी छन् । एन्फा कम्प्लेक्समा मंगलबार भएको निर्वाचनमा विमला पौडेललाई पराजित गर्दै पेमा निर्वाचित भएकी हुन् ।

कुल ४२ भोटमध्ये पेमाले ३६ र विमलाले ६ मत प्राप्त गरिन्  । संघको उपाध्यक्षमा प्रमिला सिंह श्रेष्ठ, लुना प्रधान र कमला हिराचन थकाली विजयी भएका छन् । श्रेष्ठले ३८, प्रधानले ३५ र हिराचनले ३४ मत प्राप्त गरे । उपाध्यक्षको प्रत्यासी रमा भट्टराईले ७ मत प्राप्त गरिन् । संघको सदस्यमा वृन्दा देवान, दीपा क्षेत्री, सरिला श्रेष्ठ मलेकु, सरस्वती श्रेष्ठ, लिलामाया थापा, चन्द्र भण्डारी र बिना श्रेष्ठ चयन भए ।

अखिल नेपाल फुटबल संघ (एन्फा)को केन्द्रीय निर्वाचन असार ६ गते हुँदैछ । केन्द्रीय निर्वाचनअघि महिला संघको निर्वाचन भएको हो ।

प्रकाशित समय : १७:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु