काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

मानव अधिकारबारे सरकारलाई राम्रोसँग थाहा छ– गृहमन्त्री बादल

9.41K
shares

गृहमन्त्री रामबहादुर थापा बादलले मानव अधिकार संरक्षण र प्रबर्द्धनमा सरकार गम्भीर रहेको बताएका छन् । मानव अधिकारको सुनिश्चित गर्नु राज्यको कर्तव्य नै भएको बताउँदै उनले यसका लागि सरकारले आफ्ना संयन्त्रलाई चुस्त बनाएको दाबी पनि गरे । केही पक्षबाट मानव अधिकारबारे सरकार गम्भीर नभएको टिप्पणी आइरहेकोतर्फ संकेत गर्दै उनले भने, ‘मानव अधिकारबारे सरकारलाई राम्रोसँग थाहा छ ।’

प्रहरी प्रधान कार्यालयद्वारा बुढानिकलकण्ठमा आयोजित ‘मानव अधिकार संरक्षण र प्रबर्द्धन नेपाल प्रहरी’ विषयक कार्यशाला गोष्ठिमा गृहमन्त्री थापाले मानव अधिकार उल्लंघनका घटना हुन नदिन र मानव अधिकार सुनिश्चित गराउन सरकारको सबैभन्दा भरपर्दो र बलियो संयन्त्र नै प्रहरी प्रशासन भएको बताए । अपराध न्यूनिकरणका लागि सबै किसिमको प्रयास जारी राख्न उनले नेपाल प्रहरीलाई निर्देशन पनि दिए ।