काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

सिद्धार्थ बैंक र युनियन लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

8.14K
shares

सिद्धार्थ बैंक र युनियन लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सेवासम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा सिद्धार्थ बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रामेश्वरप्रसाद बस्याल र युनियन लाइफका प्रमुख कार्यकारी अधिकृत मनोजकुमारलाल कर्णले हस्ताक्षर गरे ।

सम्झौतासँगै युनियन लाइफमा जीवन बिमा गर्ने ग्राहकले आवश्यक जीवन बिमासम्बन्धी सेवा सिद्धार्थ बैंकका सम्पूर्ण शाखाबाट प्राप्त गर्न सक्ने भएका छन् । नवीकरण प्रिमियम तथा जीवन बिमाको प्रिमियम सिद्धार्थ बैंकबाट सजिलै बुझाउन सकिने सिद्धार्थ बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बस्यालले जानकारी दिए ।