गृहपृष्ठ फर्निचर तथा फर्निसिङ एक्स्पो भदौ तेस्रो साता

फर्निचर तथा फर्निसिङ एक्स्पो भदौ तेस्रो साता

फर्निचर तथा फर्निसिङ एक्स्पो भदौ तेस्रो साता

‘फर्निचर तथा फर्निसिङ एक्स्पो’ फर्नेक्स भदौ १४ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आयोजक संस्था नेपाल फर्निचर्स तथा फर्निसिङ संघले एक्स्पोबारे जानकारी गराएको हो ।

एक्स्पोको छैटौं संस्करण फर्नेक्स २०१८ लाई होम डेकोर विशेष बनाइने संघले जनाएको छ । आधुनिक जीवनशैलीसँगै बढ्दै गएको इन्टेरियर डिजाइनका लागि एक्स्पो उचित गन्तव्य हुने आयोजकको विश्वास छ । एक्स्पोको व्यवस्थापन इभेन्ट सोलुसन प्रालिले गर्नेछ ।

किचन, बेडरुम र बाथरुमका साथै आउटडोर फर्निचर, इन्टेरियर डिजाइनर, कार्पेट, मार्बललगायत सामग्री प्रदर्शनीको मुख्य आकर्षण रहनेछन् । यसैगरी कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेसन सामग्री, होम डेकोर, अफिस फर्निर, होम अप्लाइन्सेज र मेसिनरी औजारका साथै वास्तुसँग सम्बन्धित उत्पादन प्रदर्शनीको आकर्षण बन्ने आयोजकले जनाएको छ ।

एक्स्पोमा फर्निचरको प्रदर्शनीमात्र नगरी त्यसको उपयोगिता, प्रयोग विधि र बनोटका बारेमा पनि अवलोकनकर्तालाई जानकारी गराउने आयोजकको तयारी छ । यसबाहेक फर्निसिङ व्यवसायमा आधुनिक प्रविधि भित्र्याउँदै फर्निचरजन्य उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउन एक्स्पोले टेवा पुर्याउने संघका अध्यक्ष राजेश अग्रवालले बताए ।

बर्सेनि आयोजना हुँदै आएको एक्स्पोको छैटौं संस्करणबाट व्यवसायी तथा उपभोक्ता दुवै लाभान्वित हुने फर्नेक्स–२०१८ का संयोजक शुभेन्द्र जोशीको भनाइ छ । इभेन्ट सोलुसनका प्रबन्ध निर्देशक विजयसागर प्रधानले फरक शैलीमा एक्स्पोको छैटौं संस्करण आयोजना हुन लागेको बताए ।

पाँच दिन चल्ले एक्स्पोमा स्वदेशी तथा विदेशी गरी एक सयभन्दा बढी फर्निचर र फर्निसिङ सामग्रीका स्टल रहनेछन् । नेपालमा उपलब्ध फर्निचर तथा फर्निसिङका उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले सन् २०१२ देखि नियमित एक्स्पो आयोजना हुँदै आएको छ । नेपालमा बर्सेनि फर्निचर तथा फर्निसिङका उत्पादनको ३० अर्ब रुपैयाँबराबरको कारोबार हुने गरेको आंकलन छ ।

प्रकाशित समय : २१:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु