गृहपृष्ठ फाइनलमा फ्रान्स, १–० ले बेल्जियम निराश

फाइनलमा फ्रान्स, १–० ले बेल्जियम निराश

फाइनलमा फ्रान्स, १–० ले बेल्जियम निराश

बेल्जियमलाई १–० ले पराजित गर्दै फ्रान्स रुसमा जारी विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । सेन्ट पिटर्सबर्गमा मंगलबार राति पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा फ्रान्सका लागि ५१ औँ मिनेटमा सामुएल उमटिटीले गरेको गोल नै निर्णायक बन्न पुग्यो ।

सन् १९९८ को विश्व विजेता २० वर्षपछि फेरि उपाधि नजिक पुगेको छ । तर, उत्कृष्ट प्रदर्शन गरेपनि बेल्जियमको उपाधि जित्ने सपना भने टुटेको छ । रोबर्टो मार्टिनेजको टिम २५ औँ खेलमा आएर निराश बनेको हो ।

क्वाटरफाइनलमा फ्रान्सले दक्षिण अमेरिकी देश उरुग्वेलाई २–० ले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको थियो भने बेल्जियमले पाँच पटकको विजेता ब्राजिललाई घर फर्काएको थियो । अब फ्रान्सले बुधबार हुने इंग्ल्याण्ड र क्रोयशियाबीचको खेलको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित समय : १३:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु