काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

प्रतिपक्षी अवरोधका कारण संसद बैठक स्थगित

7.89K
shares

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका कारण आजको संसद बैठक स्थगित भएको छ । सरकारले प्रतिनिधि सभाको आजको बैठकमा चिकित्सा शिक्षा विधेयक पेश गर्ने तयारी गरेको थियो । तर, प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुको अबरोधका कारण बैठक स्थगित हुन पुगेको हो ।

सरकारले आज पेश गर्न लागेको चिकित्सा शिक्षा विधेयकले चिकित्सा शिक्षा अध्यादेशलाई प्रतिश्थापन गर्नेछ । उक्त अध्यादेश असार २० बाट निस्क्रिय हुँदैछ । त्यसैले उक्त अध्यादेशलाई प्रतिश्थापन गर्ने विधेयक फास्ट ट्रयाकबाट पारित गराउने सरकारको तयारी थियो । तर, प्रतिपक्षीको अबरोधका कारण सरकारको सो तयारी आज पूरा हुन सकेन ।

प्रतिपक्षीको अबरोधपछि सभामुख कृष्णबहादुर महराले आधा घण्टाको लागि बैठक स्थगित गरेका थिए । तर, त्यसपछि सत्ता पक्ष र प्रतिपक्षका सांसदहरुसँग सभामुख महराले गरेको सहमति प्रयास फलदायी हुन नसकेपछि सूचना टाँस गरी भोलीसम्मका लागि बैठक स्थगित गरिएको हो ।

अबरोधका कारण आजै तीन बैठक बसी विधेयक फास्ट ट्रयाकबाट पारित गराउने सरकारी तयारी पुरा हुन सकेन । सभामुखसँगको छलफलका क्रममा सत्तापक्षका सांसदले विधेयक पारित गर्न समय अभाव हुने भएकाले फास्ट ट्रयाकबाट जानुपर्ने बताएका थिए भने प्रतिपक्षीका सांसदहरुले अध्यादेशको मूल मर्म परिवर्तन गरिएको र विधेयक पढ्न समेत नपाईएको भन्दै अबरोध जारी राख्ने बताएका थिए ।