काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

थामकोटमा भ्यु टावर निर्माण शुरु

10.53K
shares

म्याग्दीस्थित रघुगंगा गाउँपालिका–२ भगवतीको रुइसेस्थित थामकोटलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न भ्यु टावर निर्माण शुरु भएको छ । रघुगंगा गाउँपालिका, वडा कार्यालय र भगवतीका बासिन्दाले भ्यु टावर निर्माण शुरु गरेका हुन् ।

धौलागिरि आइसफल पदमार्गको प्रवेशद्वारको रुपमा रहेको रुइसे भेडिओडार क्षेत्रमा पर्यटक भित्र्याउँन भ्यु टावर निर्माण शुरु गरिएको वडा अध्यक्ष रिम कटुवालले जानकारी दिए । गाउँपालिकाले विनियोजन गरेको १५ लाख रुपैयाँ बजेटबाट स्थानीयवासीले श्रमदान गरेर भ्यु टावर निर्माण सुरु गरेका हुन् ।

२७ फिट अग्लो रहने भ्यु टावर तीन तलाको हुनेछ । यस वर्ष पहिलो तलासम्म मात्र बन्ने टावरमा आगामी वर्ष दुई तला थप गर्न बजेटको प्रस्ताव गरिएको छ । थामकोटको निर्माणाधीन भ्यु टावर नजिकै वनभोज स्थलका लागि एउटा टहरा निर्माण भइसकेको छ । उक्त स्थानमा सामुदायिक विश्रामगृह सञ्चालन गर्ने योजना गाउँपालिकाको छ ।

दुई हजार २०८ मिटर उचाइमा अवस्थित थामकोटबाट रघुगंगा गाउँपालिकाका आठ वटै वडा, बेनी नगरपालिका, अन्नपूर्ण, जलजला र बागलुङ नगरपालिकाका भूभाग, सूर्योदय, हिमशृङखलाको अवलोकन गर्न सकिन्छ । हाल वनभोज खान पर्वत, कास्की पुग्ने बेनीका बासिन्दालाई थामकोटमा पुयाउने योजना रहेको छ । समथर खाली भूभाग वनभोज स्थलका लागि उपयुक्त भएको वडा अध्यक्ष कटुवालले जानकारी दिए ।

(रासस)