काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ ।
समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ७०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो २०, गोलभेँडा सानो (टनेल) रु ५५, आलु रातो (भारतीय) प्रतिकिलो ४०, आलु सेतो प्रतिकिलो४०, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ८०, गाजर (लोकल) प्रतिकिलो १००, गाजर (तराई) प्रतिकिलो ७०, बन्दा (लोकल) प्रतिकिलो ३०, स्थानीय काउली (ज्यापु) प्रतिकिलो ५०, काउली (तराई) प्रतिकिलो ३०, मूला रातो प्रतिकिलो ३०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ३०, भन्टा लाम्चो प्रतिकिलो ४०, भन्टा डल्लो प्रतिकिलो ५०, तने बोडी प्रतिकिलो१०० र मकै बोडी प्रतिकिलो ७० कायम गरिएको छ ।
यसैगरी, मटरकोसा प्रतिकिलो १८०, घिउ सिमी (लोकल) प्रतिकिलो १००, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो १००, घिउ सिमी (राजमा) प्रतिकिलो १५०, टाटे सिमी प्रतिकिलो १००, तितो करेला प्रतिकिलो ८०, लौका प्रतिकिलो ८०, परबर (लोकल) प्रतिकिलो ९०, परबर (तराई) प्रतिकिलो १२०, चिचिण्डो प्रतिकिलो ४०, घिरौँला प्रतिकिलो ९०, झिगुनी प्रतिकिलो ९०, फर्सी पाकेको प्रतिकेजी ७०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो ४०, हरियो फर्सी (डल्लो) प्रतिकिलो ४० र भिण्डी प्रतिकिलो १२० कायम गरिएको छ ।