global ime bank Long Banner Ad

गृहपृष्ठ कास्कीको टुसेमा माछापुच्छ्रे महोत्सव हुने

कास्कीको टुसेमा माछापुच्छ्रे महोत्सव हुने

कास्कीको टुसेमा माछापुच्छ्रे महोत्सव हुने

माछापुच्छ्रे गुराँसे भूमेँ युवा क्लबको आयोजनामा कास्की माछापुच्छ्रे गाँउपालिकाको टुसेमा माछापुच्छ्रे महोत्सव हुने भएको छ । ग्रामिण पर्यटन प्रर्बद्धन गर्ने उद्देश्यले यही असोज २४ देखि २८ गतेसम्म माछापुच्छ्रे महोत्सव गरिन लागिएको क्लबका अध्यक्ष एवं कायक्रम संयोजक हुम बहादुर गुरुङले बताए ।

‘मौलिक कला सांस्कृति, खेलकुद तथा कृषि पर्यटनको लागि’ भन्ने मूल नाराका साथ क्लबको २५ औं बार्षिकोत्सव (रजत जयन्ती) को अवसरमा उक्त महोत्सव हुने भएको संयोजक गुरुङले जानकारी दिए । प्राकृतिक र संस्कृतिले धनी भएको माछापुच्छ्रे गाँउपालिकाको समग्र गाँउ पर्यटन सहित खेलकुदको समेत विकास गराउने उद्देश्यले उक्त महोत्सव आयोजना गर्न लागिएको संयोजक गुरुङले जनाए ।

महोत्सवमा घरेलु उत्पादन स्थनीय हस्तकला, कृषि सामग्रीहरुको प्रर्दशनी, मौलिक झाँकी प्रर्दशनी, लोपोन्मुख लाखे नृत्य प्रर्दशनी, लाइभ कन्सर्ट, हास्य व्याङग्यात्मक कार्यक्रम, रष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलकारको प्रस्तुती लगायतका कायक्रम रहने संयोजक गुरुङले बताए ।

प्रकाशित समय : २२:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु