काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

दशौँ राष्ट्रिय खेलकुदः पुरुष क्रिकेटमा लुम्बिनी विजयी

84
shares

कर्णाली। दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज सम्पन्न पुरुष क्रिकेटमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई ६५ रनले पराजित गरेको छ ।

सुर्खेत वीरेन्द्रनगस्थित कालुञ्चोक मैदानमा आज भएको खेलमा १६२ रनको लक्ष्य पछ्याएको कर्णाली १७ दशमलव पाँच ओभरमा समेटियो ।

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनी प्रदेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६१ रन बनाएको थियो । लुम्बिनीका लागि निर्मल गुरुङले सर्वाधिक ३३ रन बनाए । उनले २२ बलमा तीन चौका र दुई छक्का प्रहार गर्दा युवराज शर्माले २८ बलमा २६ रनको योगदान दिए ।

कर्णालीका दिनेश अधिकारी र राजकुमार शाहले समान दुईरदुई विकेट लिए । राजकुमार शाहले अन्तिम ओभरमा दुई विकेट लिए । कर्णालीका दिनेश रावतले सर्वाधिक २५ रन बनाए । त्यस्तै, अरबिन्द घर्तीमगरले २३ रनको मात्रै योगदान दिए ।

लुम्बिनीका बलर अजय चौहानले उत्कृष्ट प्रदर्शन गर्दै २१ रन खर्चेर तीन विकेट लिए । निर्मल गुरुङले पनि १८ रन दिँदै दुई विकेट लिए । ब्याटिङ र बलिङ दुवैमा सन्तुलित प्रदर्शन गरेको लुम्बिनीले कर्णालीलाई ६५ रनले पराजित गरेको हो ।