काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

लागु औषधसहित १६ जना पक्राउ

483
shares

काठमाडौँ। नियमित गस्तीमा रहेको प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित १६ जनालाई पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँको ठमेल, गौशाला र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट तीन विदेशीसहित छ, कैलालीको गोदावरी नगरपालिकाबाट तीन जना पक्राउ परेका छन् ।

यस्तै, मोरङको बेलबारी नगरपालिका–३ मिरमिरे टोलबाट दुई, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ बाट एक, झापाको बिर्तामोड नगरपालिका–५ बाट एक, सुनसरीको रामधुनी नगरपालिका–५ झुम्का बजारबाट दुई र सिन्धुलीको दुधौली नगरपालिका–१० लभडाँडाबाट एक जना पक्राउ परेका छन् ।

प्रहरीले उनीहरुको साथबाट लागुऔषध कोकिन, गाँजा र खैरो हेरोइन तथा चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने औषधि ट्रामाडोल र स्पास्पेन बरामद गरेको छ ।