महिला बास्केटबलमा आर्मीलाई स्वर्ण
वि.सं.२०८३ मंसिर १३ आइतवार २०:१२
shares

कर्णाली। दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला बास्केटबलमा विभागीय टोली नेपाल आर्मी क्लबले स्वर्ण पदक प्राप्त गरेको छ ।
कर्णाली प्रदेश रङ्गशाला सुर्खेत वीरेन्द्रनगरको पश्चिमतर्फको कोर्टमा आज सम्पन्न थ्री अन थ्री विधातर्फको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबले १३ अङ्कसहित स्वर्ण पदक प्राप्त गरेको हो ।
उक्त विधामा कर्णालीले नौ अङ्कसहित रजत पदक प्राप्त गरेको हो । यो कर्णालीका लागि पहिलो पदक हो । खेलमा सशस्त्र प्रहरी बल (एपिएफ)ले कास्य पदक हात पारेको बास्केटबलका वरिष्ठ रेफ्री राजेश महर्जनले जानकारी दिए।
त्यसैगरी, फुल–कोर्ट फाइभ अन फाइभ विधातर्फको महिला बास्केटबलतर्फ सम्पन्न फाइनल खेलमा एपिएफले स्वर्ण पदक हात पारेको छ ।
एपिएफ ५७ अङ्कसहित पहिलो हुँदा भने त्रिभुवन आर्मी क्लब २९ अङ्कसहित दोस्रो भएको थियो । आर्मीले रजत पदक हात पार्दा नेपाल प्रहरीले कास्य पदक प्राप्त गरेको वरिष्ठ रेफ्री महर्जनले बताए।

























