गृहपृष्ठ प्रदेश ७ का मन्त्री घुम्नमै मस्त, प्रदेशसभा वैठक ठप्प
प्रदेश ७ का मन्त्री घुम्नमै मस्त, प्रदेशसभा वैठक ठप्प
प्रदेश ७ को प्रदेशसभा वैठक एक जना पनि मन्त्री उपस्थित नहुने भएपछि स्थगित भएको छ ।
प्रदेश सरकारले आफ्नो भूमिकाअनुसार काम नगरेको जनगुनासो बढिरहँदा मुख्यमन्त्री त्रिलोचन भट्ट, सभामुख, मन्त्री र केही सांसद केन्द्रीय राजधानी काठमाडौं घुम्दै छन् । निजी प्रयोजनका लागि मुख्यमन्त्री र मन्त्रीहरुले लामो समय बिदा बसेपछि प्रदेशसभाले आफ्नो विजनेश अघि बढाउन पाएको छैन । कानुन निर्माणलगायतका प्रदेशका काम रोकिएका छन् ।
सत्तापक्षका प्रमुख सचेतक तारालामा तामाङले एक मन्त्री पनि उपस्थित नहुने निवेदन दर्ता गराएपछि मंगलबारका लागि तय वैठक स्थगित गरिएको सचिवालय सचिव बालाराम शर्माले जानकारी दिए । वैठक ५ गतेसम्मका लागि स्थगित भएको छ । वैठक चल्न कम्तिमा एक मन्त्री अनिवार्य उपस्थित हुनुपर्ने प्रावधान छ ।
प्रकाशित समय : २२:५७ बजे


















