काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

हटाएको शंखमुलकाे सुकुम्बासी बस्ती कुरूप बन्दै, कतै धतुरोको झाडी त कतै फोहोरको डम्पिङ

1.03K
shares

कुनै समय सुकुम्बासी बस्तीले भरिएको शंखमुलको नदी किनार अहिले खाली छ। सरकारले बस्ती हटाएको लामो समय बितिसक्दा पनि उक्त क्षेत्रले भने व्यवस्थित स्वरूप पाउन सकेको छैन।

बस्ती हटेपछि खुला र व्यवस्थित क्षेत्र बन्ने अपेक्षा गरिएको यो ठाउँ अहिले धतुरोका झाडी, सवारीसाधन पार्किङ र फोहोरमैला डम्पिङ स्थल बनेको छ। यस स्थानलाई कुन रूपमा प्रयोग गरिन्छ भन्ने विषयमा काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरसँग सम्पर्क गर्दा उनले आफ्नो क्षेत्राधिकारभित्र नपर्ने र सरकारले नै व्यवस्थापन गर्नुपर्ने बताए।