काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सामुदायिक पशु व्यवस्थापनमा धनगढीको उदाहरणीय प्रयास

693
shares

धनगढी — बस्ती र सडकमा छाडा छोडिएका पशुचौपायाले निम्त्याउने दुर्घटनाको त्रास र बालीनाली जोगाउनुपर्ने बाध्यताबाट आजित कैलालीको धनगढी उपमहानगरपालिकाका बासिन्दाका लागि यहाँस्थित गौशाला स्थायी समाधान बनेको छ ।

उपमहानगरपालिकाले सामुदायिक पशुलाई फरक–फरक स्थानमा निर्माण गरिएका गौशालामा राखेर संरक्षण गर्न थालेसँगै विगतको सास्ती कम हुँदै गएको स्थानीयले बताएका छन् ।

धनगढीका स्थानीय सीता जोशी सामुदायिक पशुको व्यवस्थित व्यवस्थापनबाट सडक दुर्घटना र खेतीबालीमा क्षति हुने कार्यमा कमी आएको सुनाउछन् । छाडा छोडिएका पशुसँग ठोक्किएर आँखै अगाडि दैनिकजसो सवारीसाधन दुर्घटनामा पर्ने गरेको र खेतीबाली जोगाउन परिवार नै गोठालो लाग्नुपरेको उनको अनुभव छ ।

धनगढी उपमहानगरपालिकाले छाडा चौपाया नियन्त्रण तथा संरक्षण गर्ने उद्देश्यले वडा नं ७ को देवरिया, वडा नं १६ को रामपुर र वडा नं १८ को फूलबारीमा गौशाला सञ्चालनमा ल्याएको छ ।

ती गौशालामा एक हजारभन्दा बढी सामुदायिक पशुको उद्धार तथा संरक्षण गरिएको र आगामी दिनमा गौशालाको सङ्ख्या बढाउने योजना रहेको उपमहानगरपालिकाले जनाएको छ ।

फूलबारीस्थित हाम्रो गौशालामा अहिले ५०० भन्दा बढी गाईगोरुलाई आश्रय दिइएको छ । उक्त गौशाला व्यवस्थापनमा संलग्न आठ कर्मचारीलाई धनगढी उपमहानगरले मासिक पारिश्रमिक उपलब्ध गराउँदै आएको छ ।