काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

राजनीतिक प्रतिशोध साँध्न राज्यशक्तिको दुरुपयोग गरेको काँग्रेसको आरोप

1.03K
shares

काठमाडौँ । नेपाली कांग्रेसले हिरासतमा रहेका इनम सापकोटा प्रकरणमा सरकारमाथि राजनीतिक प्रतिशोध साँध्न राज्यशक्तिको दुरुपयोग गरेको आरोप लगाएको छ ।

कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सापकोटालाई दबाब दिएर आफूअनुकूल बयान गराउन खोजिएको भन्ने विषय गम्भीर रहेको बताएका छन् ।

प्रमुख प्रतिपक्षी दलका सभापति गगन थापालगायतलाई लक्षित गरी बयानको पटकथा तयार पार्ने, हिरासतमा रहेका व्यक्तिलाई तयार पारिएको कागज पढ्न बाध्य पार्ने र नमाने फसाइदिने धम्की दिने काम भइरहेको भन्ने आरोप सार्वजनिक भएको उल्लेख गरेका छन् ।

‘राजनीतिक प्रतिशोध साँध्न राज्यशक्तिको दुरुपयोग गर्नु लोकतान्त्रिक मूल्य र कानुनी शासनको मर्मविपरीत हो,’ उनले भनेका छन्।

सापकोटाले आफ्नी श्रीमतीमार्फत राष्ट्रिय मानवअधिकार आयोगमा दिएको निवेदनमा उल्लेखित विषयले गम्भीर प्रश्न उठाएको भन्दै आङ्देम्बेले सरकारसँग निष्पक्ष अनुसन्धान भइरहेको हो वा नियोजित रूपमा फसाउने षड्यन्त्र भइरहेको हो भन्ने स्पष्ट जवाफ माग गरेका छन्।