काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

प्रेस स्वतन्त्रताको माग गर्दै रास्वपा कार्यालयमा पत्रकार महासंघ मोरङको धर्ना

819
shares

विराटनगर । प्रेस स्वतन्त्रताको रक्षा र पत्रकारका पेसागत तथा श्रम अधिकार सुनिश्चित गर्न माग गर्दै नेपाल पत्रकार महासंघ मोरङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जिल्ला कार्यालय विराटनगरमा धर्ना दिएको छ ।

महासंघको केन्द्रीय आन्दोलनका कार्यक्रमअन्तर्गत आयोजित धर्नामा महासंघ मोरङकी अध्यक्ष सुशीला पाठक, कोशी प्रदेश महासचिव हिमा चेम्जुङ, प्रेस युनियन कोशीका अध्यक्ष मीनकुमार नवोदित, प्रेस चौतारी कोशीका महासचिव बाबुराम भण्डारीलगायत पत्रकारहरूको सहभागिता थियो ।

धर्नाका क्रममा रास्वपा मोरङका अध्यक्ष भरत कँडेलले महासंघले उठाएका माग पूरा गर्न पार्टी प्रतिबद्ध रहेको बताउँदै आन्दोलनप्रति ऐक्यबद्धता जनाए ।

यसअघि महासंघ मोरङले रास्वपाका महामन्त्री विपिन आचार्यलाई समेत ध्यानाकर्षण पत्र बुझाएको थियो ।

सरकारले प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने उद्देश्यले प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश ल्याउन खोजेको, पत्रकारलाई जबर्जस्ती निष्कासन गरेको, श्रम अधिकार उल्लंघन गर्दै पारिश्रमिक नदिएको तथा सरकारी विज्ञापन वितरणमा विभेद गरेको भन्दै महासंघ आन्दोलनमा उत्रिएको हो ।

लोककल्याणकारी विज्ञापनमा गरिएको कटौती,सर्वोच्च अदालतको आदेश कार्यान्वयनमा उदासीनता र सञ्चारमाध्यममाथिको हस्तक्षेप अन्त्य गर्नुपर्ने महासंघको माग छ ।