काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

टेनिस : प्रदिप र करणको जोडी पहिलो

1.13K
shares

ai logo सारांश

  • दशौं राष्ट्रिय खेलकुदअन्तर्गत टेनिसको पुरुष डबल्समा गण्डकीका प्रदिप खड्का र करनबहादुर थापाको जोडीले आइतबार स्वर्ण जितेका छन् ।
  • पाँच स्पर्धा समावेश टेनिसमा योसहित ३ स्वर्णको टुंगो लागेको छ ।

काठमाडौं । दशौं राष्ट्रिय खेलकुदअन्तर्गत टेनिसको पुरुष डबल्समा गण्डकीका प्रदिप खड्का र करनबहादुर थापाको जोडीले आइतबार स्वर्ण जितेका छन् ।

बर्दियाको गुलेरियामा भएको फाइनलमा प्रदिप र करनको जोडीले नेपाल आर्मीका प्रणव खनाल र राजवीर प्रधानको जोडीलाई ६–७, ६–४ र १२–१० ले पराजित गरे । बागमतीका निसान श्रेष्ठ र प्रितम परियार तथा पुलिसका निहालजंगबहादुर थापा र दर्शिल श्रेष्ठको जोडी तेश्रो भए ।

मिक्स डबल्समा आमीका राजवीर प्रधान र शिभाली गुरुङको जोडी च्याम्पियन बने । राजवीर र शिभालीको जोडीले आर्मीका प्रणव खनाल र स्वस्तिका विष्टको जोडीलाई ६–२, ५–७ र १०–८ को सेटमा हराए । बागमतीका प्रकृति श्रेष्ठ र निसान श्रेष्ठ तथा गण्डकीका शक्ति शर्मा र आहाना शेरचनको जोडी तेश्रो बने ।

पाँच स्पर्धा समावेश टेनिसमा योसहित ३ स्वर्णको टुंगो लागेको छ । शनिबार महिला डबल्समा आर्मीका शिभाली गुरुङ र स्वस्तिका विष्टको जोडीले स्वर्ण जितेका थिए । टेनिसको अन्तिम दिन २ फाइनल हुनेछ ।

महिला सिंगल्समा आर्मीका शिभाली गुरुङ र स्वस्तिका विष्ट तथा पुरुष सिंगल्समा गण्डकीका प्रदिप खड्का र करनबहादुर थापा फाइनलमा भिड्ने छन् ।

प्रतियोगितामा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम तथा आर्मी, पुलिस, एपीएफ र एनआरएनका ३८ पुरुष र १३ महिला गरी ५१ खेलाडी सहभागी छन् ।