एक वर्षभित्र हाक्पारा पुल पूरा गर्न मुख्यमन्त्रीको निर्देशन
वि.सं.२०८३ मंसिर १३ आइतवार १४:४८
shares

सारांश
- पुल २२ करोड ३७ लाखको लागतमा निर्माणाधीन छ ।
- सात वर्षदेखि निर्माणधीन उक्त पुल पूरा नभएको सन्दर्भमा आज उनले पुलको स्थलगत निरीक्षणपछि यस्तो निर्देशन दिएका हुन ।
- पाँचथरको तुम्बेवा गाउँपालिका र तेह्रथुमको छथर गाउँपालिका जोड्ने उक्त पुल १४६ मिटर लामो हुनेछ ।
पाँचथर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाँचथर र तेह्रथुम जिल्लाको सीमास्थित तमोरमाथि निर्माणाधीन हाक्पारा पुल एक वर्षभित्र पूरा गर्न निर्देशन दिएका छन ।
सात वर्षदेखि निर्माणधीन उक्त पुल पूरा नभएको सन्दर्भमा आज उनले पुलको स्थलगत निरीक्षणपछि यस्तो निर्देशन दिएका हुन ।
पाँचथरको तुम्बेवा गाउँपालिका र तेह्रथुमको छथर गाउँपालिका जोड्ने उक्त पुल १४६ मिटर लामो हुनेछ । पुल निर्माणको प्रगतिबारे जानकारी लिन कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री जीवन आचार्य, नेपाली कम्युनिष्ट पार्टीका कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलगायत सहभागी थिए । पुल २२ करोड ३७ लाखको लागतमा निर्माणाधीन छ ।

























