पहिरो हटाउन नारायणगढ–मुग्लिन सडक दैनिक पाँच घण्टा बन्द
वि.सं.२०८३ मंसिर १३ आइतवार १४:३१
shares

चितवन । तुइनखोलामा पहिरोको जोखिमयुक्त भाग हटाउन नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनले अर्को सूचना जारी नभएसम्म बिहान ११ः००देखि ४ः०० बजेसम्म सडक बन्द गरेको हो । सडक बन्द हुँदा दिउँसो नारायणगढबाट काठमाडौँ तथा पोखरातर्फ आवतजावत गर्ने यात्रु प्रभावित भएका छन् ।

























