काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

पाकिस्तानी पूर्वप्रधानमन्त्री नवाज सरिफलाई ७ वर्षको जेल सजाय

15.79K
shares

पाकिस्तानको एक अदालतले पूर्व प्रधानमन्त्री नवाज सरिफलाई सात वर्षको जेल सजाय सुनाएको छ । पाकिस्तानको एन्टी करप्सन कोर्टले उनलाई अल-अजिजिया स्टिल मिल्स भ्रष्टाचार मामिलामा सोमबार सात वर्षको जेल सजाय सुनाएको हो ।

अदालतले जेल सजायका साथै २.५ करोड डलरको जरिवाना पनि तिराउने निर्णय सुनाएको छ । त्यस्तै फ्ल्यागसिप इन्भेस्टमेन्ट भ्रष्टाचार मामिलामा उनले सफाइ पाएका छन् ।

जियो टिभीको रिपोर्टका अनुसार न्यायाधीश मोहम्मद अरसद मलिकले सरिफ परिवारविरूद्ध बाँकी रहेका दुई मुद्दामा फैसला सुनाएका हुन् ।

अघिल्लो हप्ता सुनुवाइ पूरा भएको थियो । न्यायाधीश मालिकले फैसलामा ६८ वर्षिय पूर्व प्रधानमन्त्रीविरूद्ध अल अजिजिया मामिलामा ठोस सबुत भएको बताएका छन् । सरिफलाई सजाय सुनाइँदै गर्दा उनी पनि अदालतमा थिए ।

पाकिस्तानको सर्वोच्च अदालतले २०१७ जुलाईमा पानामा पेपर्स मामिलामा सरिफलाई अयोग्य ठहर्याएको थियो । सरिफ परिवारविरूद्ध अल अजिजिया स्टिल मिल्स, फ्ल्यागसिफ इन्भेस्टमेन्ट लिमिटेड तथा एवेनफिल्ड प्रोपर्टिज प्रकरणमा मुद्दा विचाराधीन थियो ।