काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

लर्ड बुद्ध र चेम्बर अफ कमर्सबीच सहमति

14.83K
shares

नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेशकुमार अग्रवालले उद्योग र व्यापारिक संस्थालाई चाहिने दक्ष जनशक्ति शैक्षिक संस्थाले उत्पादन गर्ने र उत्पादित जनशक्तिलाई व्यापारिक प्रतिष्ठानले खपत गर्ने भएकाले यी दुई क्षेत्रबीचको आपसी सहकार्य र समझदारी महत्वपूर्ण भएको बताएका छन् । लर्ड बुद्ध एजुकेसन फाउन्डेसन र नेपाल चेम्बर अफ कमर्सबीचको समझदारी पत्रमा हस्ताक्षर गर्दै उनले यस्तो बताएका हुन् ।

साथै, देशलाई चाहिने खास जनशक्ति उत्पादन नै शैक्षिक संस्थाहरुको प्रमुख दायित्व भएकाले यसतर्फ प्रभावकारी रुपमा अघि बढ्न उनले शैक्षिक संस्थाहरुलाई अपिल गरे । चेम्बर भवन, कान्तिपथ काठमाडौँमा भएको सम्झौतामा नेपाल चेम्बर अफ कमर्सका शिक्षा तथा खेलकुद समितिका सभापति दीपककाजी तुलाधर र लर्ड बुद्धका अध्यक्ष ई. पंकज जलानले हस्ताक्षर गरे ।

समझदारी पत्रको कार्यान्वयनले व्यापारिक प्रतिष्ठान र शैक्षिक संस्थाबचीको सहकार्यलाई बढावा दिने र यसबाट सैद्धान्तिक र व्यावहारिक ज्ञान आदानप्रदान गर्न सजिलो हुने विश्वास गरिएको अध्यक्ष जलानले बताए । सम्झौताअनुसार नेपाल चेम्बर अफ कमर्सको नाममा लर्ड बुद्धले पूर्ण तथा आंशिक गरी देशभरका ४९ जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई करिब १ करोडबराबरको छात्रवृत्ति प्रदान गरिनेछ । त्यस्तै, प्रिसिडेन्सियल बिजनेस स्कुलसँगको समझदारी पत्रमा नेपाल चेम्बर अफ कमर्ससँगको सहकार्यमा देशैभर व्यवसाय प्रवर्धनलाई बढावा दिन विभिन्न सीपमूलक तालिम सञ्चालन गरिने पनि उल्लेख छ ।