काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

जनकपुरमै घर भएका प्रदेश सांसद पनि बुझ्छन् घरभाडा

18.35K
shares

प्रदेश-२ को राजधानी जनकपुरमै घर भएका प्रदेश सांसदहरुले पनि घरभाडा लिँदै आएको खुलासा भएको छ । प्रदेशको अस्थायी सदरमुकाम जनकपुरमै घर भएका सांसदहरुले पनि घरभाडाको साथै स्वकीय सचिवहरुको रकम पनि स्वयंले बुझ्दै आएका छन् ।

आफ्नै छोराछोरी, श्रीमान, श्रीमती, नातेदार र आसेपासेको नाम स्वकीय सचिवमा राख्दै स्वकीय सचिवले पाउनुपर्ने रकम समेत सांसदहरुले स्वयंले प्रदेशसभा सचिवालयबाट एकमुष्ट बुझ्दै आएका छन ।

प्रदेश सांसदले प्रदेशसभाको सदस्यको हैसियतले ५२ हजार तलव, घरभाडा वापत १५ हजार र स्वकीय सचिवको लागि १८ हजारलगायत बैठकभत्ता, सञ्चार खर्चसहितको सुविधा लिँदै आएका छन् ।

प्रदेशका सबै सांसदले स्वकीय सचिवको नाममा आउने रकम एकमुष्ट आफ्नै खातामा बुझ्दै आएको एक सांसदले बताए । राजधानीमै घर भएका सासंदहरुले घरभाडा खर्च नपाउने नियम भए पनि प्रदेशको अस्थायी राजधानी जनकपुरमै घर भएर पनि उनीहरूले घरभाडा बुझ्दै आएका छन् ।

जनकपुरमै घर भए पनि घरभाडा खर्च लिनेहरुमा नेपाली काग्रेस संसदीय दलका नेता रामसरोज यादव, नेकपाका तत्कालीन संसदीय दलका नेता रामचन्द्र मंडल, पूर्वमन्त्री समेत रहेकी राजपाकी सांसद सुरिता साह, जैनुल राइन, रिना यादव, जानकीशरण साह र राजपा प्रदेश-२ का सचेतक परमेश्वर साह छन् ।

त्यस्तै नेपाली कांग्रेसका सांसद मञ्जुकुमारी यादव, सरस्वती चौधरी, प्रमिला दास र शिवचन्द्र चौधरीले पनि जनकपुरमा घर भएर पनि रकम बुझ्दै आएका छन् । नेकपाका किशोरी साह, संघीय फोरमका कौशल यादव र रामआशिष यादवले पनि घर हुँदा हुँदै घरभाडा बुझ्दै आएका छन् ।