काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

बुटवलमा बधशाला : सार्वजनिक-निजी साझेदारी मोडलमा

14.36K
shares

भवन निर्माण पूरा भए पनि सञ्चालन हुन नसकेको बुटवलको पशु बधशालालाई सार्वजनिक नीजी साझेदारी अनुसार सञ्चालन गर्ने तयारी गरिएको छ । टहरा निर्माण भएर त्यत्तिकै अलपत्र अवस्थामा रहेको बधशालालाई बुटवल उपमहानगरपालिकाको प्रस्तावमा सार्वजनिक-निजी साझेदारीको मोडलबाट सञ्चालन गर्न लागिएको हो ।

सरोकारवाला क्षेत्रका अगुवाहरुले बधशाला सञ्चालनमा सहकार्यको साझा प्रतिबद्धता यसअघि नै जनाएका थिए । उपमहानगरपालिकाले तिनै सरोकारहरुसँग सोमबार छलफल गरेको थियो ।

सार्वजनिक, निजी, सहकारी (पशुपालक किसान) साझेदारी अवधारणा बमोजीम बधशालालाई प्रा.लि.मार्फत व्यवस्थित रुपमा सञ्चालन गर्ने तयारी भइरहेको उपमहानगरका प्रमुख शिवराज सुवेदीले जानकारी दिए । प्रा.लि.मार्फत सञ्चालन हुने बधशालालाई कम्तिमा २५ वर्षका लागि लिजमा दिइने छ ।

बुटवल उपमहानगरका प्रमुख सुवेदी संयोजक रहेको १३ सदस्यीय समिति गठन भएको समितिले बाख्रापालक किसान, मासु व्यवसायीका फरक-फरक होल्डिङ कम्पनी दर्ता गर्नेगरी तयारी अगाडि बढाउने निर्णय गरेको हो ।

समितिको सोमबार बुटवलमा बसेको बैठकले आउँदो माघ मसान्तसम्म बधशाला प्रा.लि. गठन र दर्ता प्रक्रिया पूरा गर्न समय दिएको छ । बधशाला सञ्चालनका लागि तीन महिना भित्रैमा कार्यविधि बनाइने छ ।

१५ दिन भित्रै मासु विक्री वितरणको निर्देशिका बनाएर काम अगाडि बढाउन समितिले निर्देशन दिएको पशु वधशाला निर्माण तथा व्यवस्थापन समितिको सहसंयोजक रहेका मासु व्यवसायी संघका अध्यक्ष कृष्णप्रसाद पौडेलले बताए ।

पहिलो चरणमा खसि बोका मात्रै बध गर्नेगरी बधशालाको सञ्चालन गर्ने तयारी छ । यहाँ दैनिक दुई सय ५० देखि पाँच सयसम्म खशी बोकाको बध गर्न सक्ने सम्भाब्यता देखिएको जनाइएको छ ।

आधुनिक बधशाला निर्माणका लागि जग्गा बाहेक कम्तिमा १५ करोड रुपैयाँ लागत लाग्ने अनुमान छ । यसमा भवन, आधुनिक उपकरण, फोहरको व्यवस्थापन, बध गरिने पशुहरुको स्वास्थ्य जाँच गर्ने स्थल, चिकित्सकको नियमित निगरानी लगायतका कामहरु पर्दछन् ।

उपमहानगरको वडा नं. १० मा टहरा निर्माण भएको बधशालालाई व्यवस्थित रुपमा सञ्चालन गर्न चाहिने आर्थिक स्रोत स्थानीय, प्रदेश, संघीय सरकारका अतिरिक्त निजी र सहकारी क्षेत्रबाट जुटाइने समितिका सदस्य तथा हेफर इन्टरनेशनलका कार्यक्रम निर्देशक डा.तीर्थराज रेग्मीले बताए ।

उपमहानगरपालिकाको प्रस्तावमा हेफर इन्टरनेशनल, मासु व्यवसायी संघ नेपाल, बुटवल उद्योग बाणिज्य संघ, रुपन्देही व्यापार संघ, रुपन्देही उद्योग संघ, नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ तथा उपभोक्ता हीत संरक्षण मञ्चले सहकार्य गर्ने साझा प्रतिबद्धता यस अघि नै जनाएका थिए ।

उत्पादक सहकारीका प्रतिनिधिहरु विहानी सामाजिक उद्यमी सहकारी कपिलवस्तुबाट तुलसी थापा, उपहार सामाजिक उद्यमी सहकारी रुपन्देहीबाट होमादेवि पौडेल, मिलनसार सामाजिक उद्यमी सहकारी पाल्पाबाट कमला भण्डारी पनि बधशाला सञ्चालनको साझा समितिमा छन् ।

माघ मसान्तसम्ममा उत्पादक सहकारी र मासु व्यवसायीका फरक-फरक होल्डिङ कम्पनी दर्ता गरेर बधशाला प्रा.लि.का लागि हस्तान्तरण गरिने समितिमा सदस्यकै रुपमा बुटवल-१० का अध्यक्ष पदम थापा, पशुपन्छी शाखाका झविन्द्र बञ्जाडे, हेफर बजार विकास प्रबन्धक अनन्त सिलवाल र सदस्य सचिवमा बुटवल उप-महानगरपालिका वरिष्ठ अधिकृत विष्णुप्रसाद खनाल रहेका छन् ।

वधशाला निर्माणको निम्ती उप-महानगरपालिका, नेपाल सरकार, मासु व्यावसायी, उत्पादक किसान सहकारीहरुले आर्थिक सहभागीता जनाउने र नमुना योग्य बधशालाको रुपमा संचालन गर्ने सहमती भएको नगर प्रमुख सुवेदीले जानकारी दिए ।

बुटवल उप-महानगरपालिकामा सर्वपक्षीय भेलामार्फत साझा समिति गठन भएको र त्यही समितिले प्रा.लि.मार्फत सञ्चालन गर्नेदेखि निर्देशिका, कार्यविधि बनाउने सम्मका कामको सुरुआत गरेको बुटवलका प्रवक्ता रामप्रसाद रेग्मीले बताए ।