काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

विवाह पञ्चमीको फोहोर अझै उठेन, जनकपुरमा दुर्गन्ध बढ्यो

18.44K
shares

कार्यक्रम, सभा समारोहमा, आमसभा, मेला महोत्सवका बेला उपयोग गर्ने र उपयोग गरिसकेपछि पर्याप्त जबाफदेहिता नदेखाउने प्रवृत्तिको सिकार जनकपुरधामस्थित बाह्र बिघा मैदान हुँदै आएको छ । यसको पछिल्लो उदाहरण राम-जानकी विवाह महोत्सव सम्पन्न भएको लामो अवधिसम्म पनि त्यसको फोहोर नउठाइनुलाई लिन सकिन्छ ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जन्तीका रूपमा आउने भएपछि व्यापक तामझामका साथ विवाह पञ्चमी महोत्सव त मनाइयो तर, महोत्सव सकिए लगत्तै हुनुपर्ने सफाईको काम भने हुन सकेन । जसका कारण बाह्र बिघा मैदान फोहोरै फोहोरले भरिएको छ ।

बाह्र विघामा वर्षेनी सयौं कार्यक्रम हुन्छन् । त्यसका अलावा स्थानीय युवा विद्यार्थीहरूका लागि यो खेल मैदानका रूपमा पनि उपयोग हुँदै आएको छ । त्यतिमात्र कहाँ हो र ? यो मैदान ड्राइभिङ सिक्नेहरूका लागि पनि रोजाइमा पर्ने गरेको छ ।

शहरको बीच भागमा अवस्थित यस मैदानमा साँझ विहान रमाउन चाहने तथा फुटपाथमा व्यापार गर्नेहरूका लागि पनि उत्तिकै महत्वको छ ।

यसरी व्यापक रूपमा उपयोग हुँदै आएको यस मैदानमा विवाह महोत्सवका बेला गरिएको फोहोर हालसम्म पनि नउठाईंदा थुप्रै पक्षलाई एकसाथ मर्का परेको छ ।

जनकपुरको रामानन्दचौकदेखि पूर्व जानकी मंदिर जाने बाटोमा पर्ने रंगभूमि मैदानमा प्रत्येक वर्ष जनकपुरधाममा भब्यताका साथ मनाइने राम-जानकी विवाहपञ्चमी महोत्सवअन्तर्गत स्वयम्बर हुने स्थल हो । जहाँ लाखौ श्रद्धालुभक्तजनहरु एक साथ बाह्र विघा रंगभूमि मैदानमा बस्न, सुत्न, खेल्न, रमाउन सक्छन् । तर, यसको जसरी संरक्षण हुनु पर्ने हो त्यो हुन सकेको छैन ।

संरक्षण र सम्बर्द्धनको कुरा त परै जाओस् विवाह महोत्सवमा आएका स्वदेशी तथा विदेशीहरूले गरेको फोहोर सफा नगरिँदा त्यस वरपरको क्षेत्र नै डुङ डुङ्ती गन्हाउन थालेको छ ।

बाह्र विघामा लाखौं खर्च गरी टेन्ट लगाउनुको साथै अन्य आकर्षण पन्डाल लगाएर तमक झमक गर्न सक्ने महोत्सव आयोजक सफाइको मामिलामा भने लापरबाह देखिएको छ ।

आयोजक मात्र होइन नगरको सरसफाइको जिम्मेवारी वहन गर्दै आएको जनकपुरधाम उपमहानगरपालिकाले समेत सरसफाई नगर्दा दिँदा २ हप्तादेखि बाक्लो फोहोरले गर्दा बारह विघा कुरुप देखिएको छ । फोहोरको व्यवस्थापन समयमै नहुँदा बाह्र बिघा फोहोरको डंगुरको रुपमा देखिएको छ ।

विवाह पञ्चमी महोत्सव आयोजक समितिले करिब अढाई करोड मेला आयोजन र अतिथीको स्वागत सत्कारमा खर्च गरेको छ । आयोजकले विभिन्न शीर्षकमा लाखौं रकम खर्च गरे पनि सरसफाइका मामलामा व्यवस्थापन पक्ष चुकेको छ । जसका कारण जनकपुरको सान र मान खस्कन सक्ने चिन्ताले स्थानीयलाई सताएको छ ।

विवाहपञ्चमीको अवसरमा भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ आएकाले प्रदेश सरकारले समेत ठूलो रकम व्यवस्थापनमा खर्चिएको थियो । तर, बाह्र बिघाको सफाइको मामिलामा प्रदेश सरकार पनि चुकेको छ ।

यतिमात्र कहाँ हो र ? अभियान्ता तथा सरोकारवाला पक्षहरुसमेत मौन देखिएकाले समाजसेवीहरुले चाँडै नै सरसफाइ गर्ने जनकपुर स्वच्छा अभियानका अभियान्ता बजरंग यादवले बताए । ‘हामी सरसफाइ अभियान्ताहरू अविलम्ब बाह्र विघा मैदानमा गएर सरसफाइ गर्नेछौं,’ उनले भने ।