डाँका मुद्दामा फरार ‘काले’ लाई गोली हानी पक्राउ
वि.सं.२०७६ जेठ ६ सोमवार १७:१४
shares

काठमाडौंको टोखा नगरपालिकामा गोली चलेको छ । चोरी मुद्दामा आधा दर्जन उजुरी परेका ‘काले’ भनिने विष्णु तामाङलाई पक्राउ गर्न खोज्दा भाग्न खोजेपछि उनीमाथि प्रहरीले गोली चलाएको हो ।
प्रहरी अनुसन्धान महाशाखाबाट खटिएको टोलीले उनीमाथि गोली प्रहार गरेको हो । तामाङको घुँडाभन्दा मुनि गोली लागेको छ । उनलाई उपचारका लागि वीर अस्पताल लगिएको छ ।
महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले विष्णुलाई नियन्त्रणमा लिन खोज्दा पेस्तोल देखाएपछि जवाफी कारवाही भएको बताए । ६ वर्ष चोरी मुद्दामा जेल बसेर तामाङ २०७२ मा छुटेका थिए ।
तर जेलबाट छुटेपछि पनि उनी चोरीडकैतीमा फर्किएको प्रहरीको दाबी छ । पूर्व एआइजी जय बहादुर चन्द तथा पूर्व डिआइजी विश्वराज शाहीको घरमा लुटपाट गरेको आरोप उनीमाथि लगाइएको छ ।

























