मानव सेवा आश्रम असहायको सारथि
वि.सं.२०७६ जेठ ६ सोमवार १८:२०
shares

वीरेन्द्रनगरको मंगलगढि चौक वरपरको सडकमा वर्षौसम्म ६० वर्षीय सुल्तानले रात बिताइन् । कठ्याङ्ग्रिदो चिसो होस या प्रचण्ड गर्मी उनको रात खुल्ला आकाशमुनी बित्यो । घर परिवार समाजबाट घृण बाहेक केहि पाउन सकिनन् । उनको सडकका नालीमा फालिएका खानेकुरा नै उनका भोक मेटाउने चिज बने । मानसिक सन्तुलन गुमाएकी उनलाई आफ्नो घरठेगाना समेत थाहा छैन । नाम मात्रै सुल्तान बताउने उनलाई केहि महिना यता प्रहरीको सहायतामा मानव सेवा आश्रम कर्णाली प्रदेशले आश्रम दिएपछि उनको रुपरंग नै फेरिएको छ । अहिले उनले सो आश्रमको माया पाएकी छिन् ।
हेर्दा सफा देखिने उनको अहिले मनोरोगको उपचार समेत भइरहेको छ । उनी मात्रै होइन करिब ३० वर्षीय हिक्मत खड्का पनी देउतीबज्यै मन्दिरको गेटमा भक्तजनले दिएको दान कुरेर बस्थे । धेरै वर्षदेखि मन्दिरको गेटमा बस्दै आएका उनी कुलतमा फसेका थिए । शारीरिकरुपमा समेत अशक्त थिए । उनको पनि परिवारको अत्तोपत्तो छैन । मानसिक अवस्था पनि राम्रो थिए । मानवसेवा आश्रमले उनको उद्धार गरेर ल्यायो । अहिले उनको मुहामा चमक आएको छ । कुलतबाट पनि पर छन् ।
सिम्ता गाउँपालिका सडकमै रात बिताउने गौरी नामकी एकजना महिलाको समेत ४ वर्षिया छोरी सहित मानबसेवा आश्रम कर्णाली प्रदेशले उद्धार गरेको छ । गौरीको काखमा भएको बच्चाको बाबु को हो थाहा छैन । उनको समेत मानसिक अवस्था राम्रो छैन । कोबाट गर्व बस्यो गौरीलाई अत्तोपत्तो छैन । उनीहरु त प्रतिनिधिपात्र मात्र हुन् । गत माघमा स्थापना भएको मानव सेवा आश्रमले २७ जना असाहयलाई आश्रम दिएको छ ।
१२ औं शाखाको रुपमा वीरेन्द्रनगर १२ नेवारेमा स्थापना भएको मानव सेवा आश्रमले कर्णाली प्रदेशको सडकमा असहायमुक्त बनाउने लक्ष्य लिएको आश्रमकी प्रदेश संयोजक सीर्जना ओलीले बताइन् । ‘विदेशी सहयोग नलिइ असहायको सेवा गर्छौं’ उनले भनिन्, ‘सहयोगी नेपाली मनहरुले नै जन्मदिन, विवाह लगायतका उत्सव पर्वमा गर्ने सहयोगबाट नै आश्रम चलेको छ ।’ अहिले आश्रम चलाउन कठिन भएपनि केन्द्रिय कार्यालयले खर्च दिने गरेको छ ।
एक व्यक्ति बराबर मासिक ७ देखि १० खर्च लाग्छ । महिनाको ५० हजार भाडा तिरेर आश्रम सञ्चालन गरिएको छ । वीरेन्द्रनगर नगरपालीकाले आगामी असार सम्मको घरभाडा दिने आश्वासन दिएको छ । ओलीका अनसार सामाजिक विकास मन्त्रालयले हिंसा पीडित पुनस्र्था पना केन्द्रको कार्यक्रम अनुसार दश लाख रुपैयाँ बिनियोजन गरेको उनले बताइन् । कर्णाली प्रदेश सरकार तथा स्थानीय सरकार समेत सहयोगको लागि सकारात्मक रहेको उनको भनाइ छ । सहयोगी मनहरुलाई सहयोग गर्न समेत उनले आग्रह गरिन् ।
आश्रमले उपचारपछि परिवारको पत्ता लागेकाहरुलाई घर पठाउने समेत काम गर्दै आएको छ । आश्रमले हालसम्म सुर्खेतमा ७ जनालाई परिवारको जिम्मा लगाएको छ । मानसिक अवस्था ठिक भएपछि परिवार खोजेर आश्रमले घर पठाउने गरेको छ । माव सेवा आश्रमको देशभर १२ वटा स्थानमा विस्तार गरेको छ । मानबसेवा आश्रम २०६९ सालमा मकवानपुरको हेटौंडामा संस्थापक केन्द्रिय अध्यक्ष राम्जी अधिकारीले शुरुवात गरेका हुन् । अहिले आश्रमको शाखा हेटौंडा, चितवन, काठमाडौं, ललितपुर, गोरखा, लमजुङ, बाग्लुङ, वीरगञ्ज, पोखरा, बुटवल, धनगढि र सुर्खेतमा रहेको छ । सात वटै प्रदेशमा शाखा सञ्चालन गर्ने उदेश्य सहित अबको केहि महिनामै १ नं प्रदेशमा शाखा बिस्तार गर्ने योजना रहेको छ ।

























