प्रहरीमाथि बलात्कारको आरोप, कारवाहीको माग गर्दै प्रदर्शन
वि.सं.२०७६ जेठ ६ सोमवार १८:४२
shares

बलात्कारको आरोप लागेको प्रहरी जवानलाई कारवाहीको माग गर्दै पश्चिम नवलपरासीका स्थनीय आन्दोलित भएका छन् । सुनवलमा रहेको दङ्गा नियन्त्रण प्रहरी कार्यालयका प्रहरी जवानलाई कारवाहीको माग गर्दै स्थानीयले आइतबार प्रदर्शन गरेका छन् ।
एक किशोरीसहित दुई महिलालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले दुईजना प्रहरी जवानमाथि कारवाही प्रक्रिया अघि बढाएको छ ।
कार्यालयले प्रहरी जवानद्वय डडेल्धुरा, मास्माण्डु गाउँपालिका–८ का २५ वर्षीय प्रेम खड्का र दाङ गडवा गाउँपालिका–४ का २३ वर्षीय पाटेश्वर यादवलाई निलम्बन गरेको छ ।
घटना गत वैशाख १ गतेको हो । जङ्गलमा घाँस काट्न गएका एक किशोरी र एक युवतीमाथि प्रहरी जवानद्वयले बलात्कार गरेको आरोप छ ।

























