काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

गमलैगमलाको सहर बन्दै भक्तपुर

416
shares

भक्तपुर । भक्तपुर भन्नासाथ कला, संस्कृति, सम्पदा र जात्राको सहर सम्झिन्छौँ। अब त्यसमा अर्को परिचय पनि थपिँदैछ—हरियो भक्तपुर। भक्तपुरका मुख्य सडकदेखि भित्री गल्लीसम्म अहिले फूलका गमलाले सजिन थालेका छन्। चोक, सडक किनार, फुटपाथ, डिभाइडरदेखि ऐतिहासिक सम्पदा क्षेत्रसम्म एकपछि अर्को गमला राखिएपछि भक्तपुरको दृश्य नै फेरिन थालेको छ।

भक्तपुर नगरपालिकाले नगरलाई हरित, स्वच्छ र सुन्दर बनाउने अभियानअन्तर्गत हालसम्म २ हजार ६२० वटा गमला राखेर फूलका बिरुवा रोपिसकेको छ। नगरका १० वटै वडामा सञ्चालन गरिएको यो अभियानले कङ्क्रिटले भरिएको सहरमा हरियाली थप्ने प्रयास गरेको छ। नगरपालिकाका प्रमुख सुनिल प्रजापति ठूलो आश्वासनभन्दा आफूहरूले गर्न सक्ने काममा जोड दिइरहेको बताउनुहुन्छ। उहाँका अनुसार सडक किनार र सार्वजनिक स्थलमा राखिएका गमलाले सहरको सौन्दर्य बढाउनुका साथै वातावरणलाई पनि हरियाली बनाउन सहयोग गर्नेछ।

“काम सानो भए पनि यसको महत्व ठूलो छ, यसले भविष्यमा भक्तपुरलाई हरियो नगर बनाउनेछ,” उहाँको भनाइ छ। नगरपालिकाका अनुसार विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुर दरबार क्षेत्र आसपास, दत्तात्रय क्षेत्र, टौमढी जाने प्रमुख पर्यटकीय मार्ग, सडक किनार, चोक, फुटपाथ, डिभाइडर, वडा कार्यालय, नगरपालिका परिसर, विद्यालय तथा ख्वप अस्पताल आसपास गमला राखिएका छन्।

परम्परागत सांस्कृतिक प्रदक्षिणा मार्गमा समेत गमला राखेर सजावट गरिएको छ। यसले पर्यटकीय तथा सांस्कृतिक क्षेत्रको सौन्दर्य थप आकर्षक बनाउने अपेक्षा गरिएको छ। नगरपालिका वातावरण समितिका संयोजक एवं वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वका अनुसार वडा नं. १ देखि १० सम्म अभियान विस्तार गरिएको छ। सार्वजनिक स्थानमा चोरी नहोस् भनेर अधिकांश गमला सिमेन्टबाट तयार पारिएका छन्।

अभियानको अर्को विशेषता भनेको गमला र बिरुवाको संरक्षणमा स्थानीयवासीको सहभागिता हो। नगरपालिका र वडा कार्यालयले गमला तथा बिरुवा राख्ने काम गरे पनि त्यसको स्याहार स्थानीयवासीले गर्ने व्यवस्था गरिएको छ। घर तथा पसलअगाडि राखिएका बिरुवामा पानी हाल्ने, संरक्षण गर्ने र हुर्काउने काम स्थानीयले आफैँ गर्न थालेका छन्। भक्तपुर नगरपालिका–७ की सुलोचना किसीका लागि यो अभियान केवल फूल रोप्ने काम होइन, आफ्नो टोललाई सुन्दर बनाउने सामूहिक प्रयास हो।

स्थानीय मोहनकेशरी ग्वाछालाई पनि घरका पेटीमा फूल फुलेको दृश्यले खुसी बनाएको छ। उहाँका अनुसार अहिले गमलामा रोपिएका फूलहरू फुल्ने समय कुरिरहँदा टोल नै बगैँचाजस्तो देखिने अपेक्षा छ।

भक्तपुरको परिचय नयाँ होइन। ५५ झ्याले दरबार, स्वर्णद्वार, पाँचतले मन्दिरलगायतका सम्पदाले यसलाई विश्वभर चिनाएका छन्। बिस्का जात्रा, गाईजात्रा, नवदुर्गा नाच र दाफा भजनले यहाँको सांस्कृतिक जीवनलाई अझ जीवन्त बनाएका छन्। नगरपालिकाका अनुसार पछिल्ला दुई कार्यकालमा मठ, मन्दिर, ढुङ्गेधारा, पोखरी, सत्तल र पाटीलगायत १८५ वटा सम्पदाको पुनर्निर्माण तथा जीर्णोद्धार सम्पन्न