गृहपृष्ठ प्रतिनिधिसभाको बैठक सुरु
प्रतिनिधिसभाको बैठक सुरु
काठमाडौँ ।प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ ।
सभामुख डोलप्रसाद अर्यालले सभाका बैठक सुरु भएको घोषणा गर्नासाथ प्रतिपक्षी दलका सांसद्हरु आ(आफ्नो ठाउँबाट उठेर विरोध गरे । त्यसपछि सभामुख अर्यालले नेकपा (एमाले)का सांसद् गणेश ठगुन्नालाई बोल्न समय दिए ।
सांसद् ठगुन्नाले हाम्रा पुर्खाहरुले नेपालको भौगोलिक अखण्डता जोगाउनु भएको उल्लेख गर्दै दुई देशको सीमाका सम्बन्धमा देखिएको विवाद समाधानका लागि सरकारको ध्यानाकर्षण गराए।
प्रकाशित समय : ११:२६ बजे



















