नेपाली कांग्रेसको १५ औँ महाधिवेशन समयमै गर्न पोखरामा दबावमुलक बृहत भेला
वि.सं.२०८२ कात्तिक २६ बुधवार २०:११
shares

पोखरामा नेपाली कांग्रेसका कार्यकर्ताहरूले पार्टीको १५ औँ महाधिवेशन समयमै गर्न माग गर्दै दबावमूलक बृहत भेला सम्पन्न गरेका छन्।
भेलामा विभिन्न जिल्ला र क्षेत्रका नेता–कार्यकर्ताको सहभागिता थियो। सहभागीहरूले पार्टीभित्र लोकतान्त्रिक प्रक्रिया बलियो बनाउन समयमै महाधिवेशन आवश्यक रहेको भन्दै नेतृत्वलाई चाँडो तयारी थाल्न आग्रह गरेका छन्।

























