काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

फलेवास नगर अस्पताल निर्माण सुरु

3.91K
shares

एक स्थानीय तह, एक आधारभूत अस्पताल योजनाअन्तर्गत विगत छ वर्षअघि शिलन्यास गरिएको यहाँको फलेवास नगरपालिकाको नगर अस्पताल निर्माण सुरु गरिएको छ ।

संघीय सरकारले आर्थिक वर्ष २०७६/७७ मा प्रत्येक स्थानीय तहमा १० देखि १५ शय्याको आधारभूत अस्पताल निर्माण अघि बढाएलगत्तै फलेवास नगरपालिकाले पनि १५ शय्याको अस्पताल शिलान्यास गरेको थियो । फलेवास नगरपालिका–६ देवीस्थानमा तत्कालीन नगरप्रमुख पदमपाणि शर्माले अस्पतालकोे शिलान्यास गरेका र्थिए ।

बजेट अभाव र प्राविधिक त्रुटीका कारण अलपत्र बनेको नगर अस्पताल नयाँ ठेक्का सम्झौता गरेर निर्माण थालिएको हो । चालु आर्थिक वर्ष २०८२/८३ मा स्वीकृत बजेट नौ करोड २८ हजारको लागतमा धमाधम निर्माण अघि बढेको फलेवास नगरपालिकाका नगर प्रमुख गङ्गाधर तिवारीले जानकारी दिए ।

शिलान्यास गरिएका स्थान भन्दा भवन निर्माणस्थल परिवर्तन गरी नौ रोपनी क्षेत्रफलमा साढे दुई तले भवन तयार गरिने नगरपालिकाका इञ्जिनीयर टङ्कबहादुर खत्रीले जानकारी दिए ।

अस्पताल बनेपछि सामान्य उपचारका लागि सदरमुकाम कुश्मा, पोखरा तथा बागलुङ पुग्नुपर्ने बाध्यता हट्ने जनाइएको छ । भवन निर्माणको जिम्मा प्रतिष्ठा–जुम्ली–आचार्य जेभी। बागलुङले लिएको छ ।