काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

विदुर नगरपालिकामा लम्पी स्किनको प्रकोप नियन्त्रणमा, १५ गाई सङ्क्रमित, तीनको मृत्यु

210
shares

नुवाकोट । विदुर नगरपालिकामा भदौ १० गते गएको भोटेकोसी बाढीपछि पहिलो पटक देखिएको लम्पी स्किन डिजिजको सङ्क्रमण नियन्त्रणमा आएको दाबी गरिएको छ ।

भदौ १० गतेपछिको बाढी प्रभावित क्षेत्रमा पशुपन्छीमा देखिएको उक्त रोगबाट विदुर नगरपालिकाका १५ वटा गाई सङ्क्रमित भएका थिए ।

विदुर नगरपालिका पशु सेवा शाखाकी प्रमुख डा.सुजता अधिकारीका अनुसार सङ्क्रमितमध्ये विदुर नगरपालिका–७ का १३ र वडा नं. ९ का दुई गाई रहेका थिए । सङ्क्रमित १५ गाईमध्ये १२ वटाको सफल उपचार गरिएको थियो भने दुई वटा बाच्छा र एउटा वयस्क गाई गरी तीन वटाको मृत्यु भएको थियो ।

उनले भनिन्, ‘विदुर नगरपालिकामा भदौ १० गते पछिको भोटेकोसी बाढी पछिको पशुपन्छी क्षेत्रमा भदौ १२ गते लम्पी स्किन डिजिजको फस्र्ट आउटब्रेक भएको थियो । यस आउटब्रेक पछि यस विदुर ७ मा १३ वटा र विदुर ९ मा २ वटा गरेर जम्मा १५ वटा गाईमा चाहिँ सङ्क्रमण देखिएको थियो । त्यस अन्तर्गत १२ वटा गाईहरूलाई हामीले सफल उपचार गर्न सक्यौँ भने दुई वटा सानो पशु बाच्छाहरू र एउटा ठुलो गाईको चाहिँ मृत्यु भएको थियो ।’

रोग देखिएलगत्तै नगरपालिकाले शङ्कास्पद पशुको नमुना सङ्कलन गरी पुष्टि परीक्षणका लागि केन्द्रीय पशु रोग अन्वेषण प्रयोगशाला (सीभीएल) मा पठाएको थियो । रोगको थप सङ्क्रमण फैलिन नदिन पशु सेवा विभागको सहयोगमा एक हजार डोज लम्पी स्किनविरुद्धको खोप प्राप्त गरी प्रभावित क्षेत्रमा रिङ भ्याक्सिनेसनसमेत सञ्चालन गरिएको अधिकारीले बताइन् ।

उनले भनिन्, ‘लम्पी स्किन भाइरसबाट लाग्ने रोग भएकाले यसको भाइरसलाई नै नष्ट गर्ने निश्चित उपचार उपलब्ध छैन । सङ्क्रमित पशुमा देखिने लक्षणका आधारमा उपचार गर्नुपर्ने हुन्छ ।’रोग लागेका पशुमा शरीरभरि गाँठागुँठी आउने, उच्च ज्वरो आउने, घुँडा तथा ह्याकुलो सुन्निने र छालामा घाउ हुनेजस्ता लक्षण देखिने गर्छन् । यस्ता लक्षणअनुसार ज्वरो तथा दुखाइ कम गर्ने औषधि, दोस्रो चरणको सङ्क्रमण हुन नदिन एन्टिबायोटिक, एलर्जी नियन्त्रण गर्ने औषधि तथा घाउमा लगाउने मलम प्रयोग गरी उपचार गरिएको उनले जानकारी दिइन् ।

डा. अधिकारीका अनुसार पहिलो पटक सङ्क्रमण देखिएको गाईको अवस्था निकै जटिल भए पनि उपचारपछि क्रमशः सुधार भइरहेको छ। हाल उक्त गाईको खुट्टामा सामान्य घाउ बाँकी रहेको र त्यो पनि निको भएपछि पूर्ण रूपमा स्वस्थ हुने अपेक्षा गरिएको छ ।

समयमै उपचार, निगरानी र खोप अभियान सञ्चालन गरिएकाले नगरपालिकामा लम्पी स्किनको थप प्रकोप फैलिनबाट रोक्न सफल भएको पशु सेवा शाखा प्रमुख अधिकारीले बताइन् ।