global ime bank Long Banner Ad

गृहपृष्ठ आइएमई डिजिटल सोलुसन र ललितपुर महानगरबीच सम्झौता

आइएमई डिजिटल सोलुसन र ललितपुर महानगरबीच सम्झौता

आइएमई डिजिटल सोलुसन र ललितपुर महानगरबीच सम्झौता

आइएमई डिजिटल सोलुसन लिमिटेड र ललितपुर महानगरपालिकाबीच एक समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

सम्झौतापत्रमा ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्याल र आइएमई पेका सहायक महाप्रबन्धक प्रमोदमान सिंह बस्नेतले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार विद्युतीय कर भुक्तानीमा महानगरपालिकाले आइएमई डिजिटल सोलुसन लिमिटेडको मोबाइल वालेट आइएमई पेको प्रयोग गर्नेछ ।

सो सेवा आइएमई पे एपमा लाइभ भएपश्चात् ललितपुर महानगरपालिकाका स्थानीय बासिन्दाहरुले स्थानीय सरकारलाई तिर्नुपर्ने घर-बहाल कर, सम्पत्ति कर र व्यवसायिक कर लगायतका करहरु सजिलै आइएमई पे एपबाट तिर्न सक्नेछ ।

नेपाल सरकारको घोषित डिजिटल नेपाल अभियानमा स्थानीय तहको सरकारसँग सहकार्य गर्न पाउँदा आइएमई पे परिवारले खुसी व्यक्त गरेकाे छ ।

प्रकाशित समय : १४:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु