काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

‘अहिले आइसाेलेसनमा छु, झुटो जाहेरीविरूद्ध कानुनी लडाइँ लड्छु’

9.77K
shares

नेपाली क्रिकेटका पूर्वकप्तान सन्दीप लामिछानेले आफू मानसिक रूपमा विक्षिप्त बनेको बताएका छन् । नाबालिक बलात्कारको आरोप लागेका सन्दीपले आइतबार राति सामाजिक सञ्जालमार्फत आफ्नो चरित्रमा गम्भीर आँच आउनेगरी समाचार आएको भन्दै गुनासो गरेका छन् ।

‘म विरुद्ध भदौ २१ गते परेको जाहेरी मैले भदौ २२ गते थाहा पाएँ । म विरुद्ध परेको झुट्टा जाहेरीको विषयमा विद्युतीय सञ्चार माध्यम र समाजिक सञ्जालमा एकलौटी तरिकाले, सत्य तथ्य नबुझी झुट्टा जाहेरी मात्रको आधारमा मेरो चरित्रमा गम्भीर आँच आउनेगरी समाचारहरू आए । मेरो नाउँमा वारेन्ट जारी भएको समाचार र म विरुद्ध परेको जाहेरी सार्वजनिक हुनुले मलाई मानसिक रूपमा विक्षिप्त बनायो, के गर्ने के नगर्ने भन्ने सोच्न सक्ने अवस्था मेरो रहेन,’ उनले फेसबुकमा भनेका छन् ।

आफूविरुद्ध झुटा गतिविधि भइरहेको दाबी गर्दै उनले अब नेपाल आएर कानुनी लडाइँ लड्ने बताएका छन् । ‘मेरो अनुपस्थितिमा मलाई अपराधी सावित गराउने झुटो जाहेरी प्रपञ्चहरूको मैले कानुनी लडाइँ लड्नेछु । मैले बुझेसम्म नेपालको संविधानले कसूर प्रमाणित नभएसम्म कसूरदार नमानिने व्यवस्था गरेको छ । साथै संविधानले सम्मानपूर्वक बाँच्न पाउने, यातनाविरुद्धको हक, गोपनीयताको हक, स्वास्थ्य सम्बन्धीको हक र मेरो कानुन व्यवसायीसँग कानुनी परामर्श गर्न पाउने हकसमेत रहेको बुझेको छ,’ उनले भनेका छन् ।

यसका साथै उनले आफूविरुद्ध अफवाह नफैलाउन पनि आग्रह गरेका छन् ।