गृहपृष्ठ Tag: कांग्रेस
झापाको कचनकवल गाउँपालिकामा नेकपा एमाले र नेपाली कांग्रेसबीच चुनावी तालमेल हुने भएको छ । कचनकवलको अध्यक्ष कांग्रेसले लिने छ भने एमालेले उपाध्यक्ष उठाउने सहमति भएको कांग्रेस झापाका सभापति देउमान थेबेले बताए । राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनको निर्वाचन क्षेत्रमा पर्ने...
नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनको घोषणा पत्र आज सार्वजनिक गर्दैछ । पार्टी कार्यालय सानेपामा घोषणा पत्र सार्वजनिक गर्ने तयारी भए पनि समय भने निश्चित भइसकेको छैन । पार्टीको घोषणापत्र बनाउन कांग्रेसले महामन्त्री गगन थापा संयोजक रहेको घोषणापत्र तयारी समिति बनाएको...
शुक्रबार मध्यरातसम्म नेपाली कांग्रेसका शीर्ष नेताहरु उम्मेद्वारको टुंगो लगाउन घनिभूत छलफल चलाए । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक कुनै पनि उम्मेदवारको टुंगो नलगाइ सकियो । नेताहरूले आ-आफ्नो पक्षका उम्मेद्वारको सिफारिसलाई प्राथमिकता दिएपछि सहमति जुट्न नसकेको हो । तर पनि...
तनहुँमा नेकपा एमाले र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री गोविन्दराज जोशी समूहबीच चुनावी तालमेल हुने भएको छ । शनिबार जोशी निवास दमौलीमा दुवै पक्षका नेताहरुबीच भएको छलफलमा चुनावी तालमेल गर्ने सहमति भएको हो । नेकपा एमाले तनहुँ र जोशी समूहका...
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चुनावी तालमेल गर्ने वा नगर्ने अधिकार स्थानीय कमिटीलाई भएको बताएका छन् । शनिबार बुढानीलकण्ठमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले तालमेल गर्ने विषयमा तल्लो कमिटी स्वतन्त्र रहेको बताए । कुनै जिल्लामा तालमेल भएको र...
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘स्थानीय तह निर्वाचन केन्द्रीय प्रचारप्रसार समिति’ मा सदस्य मनोनीत गरेका छन् । उनले यही चैत १५ गतेको पार्टीको केन्द्रीय कार्यसमितिको निर्णयानुसार केन्द्रीय सदस्य एवं प्रवक्ता डा. प्रकाशशरण महतकाे संयोजकत्वमा समितिलाई शुक्रबार पूर्णता दिएकाे मुख्यसचिव...
‘घरघर जाऔं काँग्रेस जिताऔं’ अभियान अन्तर्गत नेपाली कांग्रेस गण्डकी प्रदेश समितिले प्रदेशसभा निर्वाचन क्षेत्रमा निर्वाचन केन्द्रित कार्यक्रम तय गरी पठाएका प्रतिनिधिले प्रतिवेदन बुझाउन थालेका छन् । प्रदेशका ११ जिल्लाका ३६ प्रदेशसभा निर्वाचन क्षेत्रमा निर्वाचन केन्द्रित कार्यक्रम तय गरी पार्टीका ७२...
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्ने भएको छ । गत शुक्रबारदेखि केन्द्रीय समिति बैठक सुरू भएको थियो । आइतबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक सुरू हुनेछ । बैठक विशेष गरी स्थानीय चुनावमा केन्द्रित रहनेछ ।...
सत्ता गठबन्धनको नेतृत्व गरेको नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा आफुलाई बलियो बनाउन आइतबारदेखि ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानको सुरु गरेको छ । ७७ वटै जिल्लामा सुरु भएको अभियान एक महिनासम्म चल्नेछ। अभियानका लागि कांग्रेसले देशका ७७ वटै जिल्लाहरुमा केन्द्रीय सदस्यहरु...












