गृहपृष्ठ चुनावी तालमेलसहितका विषयमा छलफल गर्न कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
चुनावी तालमेलसहितका विषयमा छलफल गर्न कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्ने भएको छ । गत शुक्रबारदेखि केन्द्रीय समिति बैठक सुरू भएको थियो । आइतबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक सुरू हुनेछ ।
बैठक विशेष गरी स्थानीय चुनावमा केन्द्रित रहनेछ । टिकट बाँड्न केन्द्रीय संसदीय बोर्ड गठन तथा चुनावी तालमेलबारे बैठकमा छलफल हुनेछ । जिल्ला खटिएका केन्द्रीय प्रतिनिधिले शुक्रबारदेखि रिपोर्टिङ गरेका थिए । शुक्रबार २० केन्द्रीय प्रतिनिधिले रिपोर्टिङ गरेका थिए । उनीहरूले गाउँमा कांग्रेसको अवस्थाबारे जानकारी गराएका छन् ।
केन्द्रीय समितिमा अरू दलहरूसँग तालमेल गर्नुपर्ने र गर्न नहुनेमा मिश्रित धारणा आएका छन् ।
प्रकाशित समय : १५:४२ बजे



















