काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

चुनावी तालमेलसहितका विषयमा छलफल गर्न कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

14.6K
shares

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्ने भएको छ । गत शुक्रबारदेखि केन्द्रीय समिति बैठक सुरू भएको थियो । आइतबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक सुरू हुनेछ ।

बैठक विशेष गरी स्थानीय चुनावमा केन्द्रित रहनेछ । टिकट बाँड्न केन्द्रीय संसदीय बोर्ड गठन तथा चुनावी तालमेलबारे बैठकमा छलफल हुनेछ । जिल्ला खटिएका केन्द्रीय प्रतिनिधिले शुक्रबारदेखि रिपोर्टिङ गरेका थिए । शुक्रबार २० केन्द्रीय प्रतिनिधिले रिपोर्टिङ गरेका थिए । उनीहरूले गाउँमा कांग्रेसको अवस्थाबारे जानकारी गराएका छन् ।

केन्द्रीय समितिमा अरू दलहरूसँग तालमेल गर्नुपर्ने र गर्न नहुनेमा मिश्रित धारणा आएका छन् ।