काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

क्षतिग्रस्त सडकको पुनर्निर्माण र सुरक्षित आवास छिट्टै हुन्छ : मन्त्री लम्साल

756
shares

बागलुङ। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले विपद्का कारण क्षतिग्रस्त यहाँका सडक र निजी आवास सरकारले छिट्टै पुनर्निर्माण गर्ने बताएको छन् ।
आज पश्चिम बागलुङको बाढीपहिरो संकटग्रस्तक्षेत्रको स्थलगत निरीक्षणपछि मन्त्री लम्सालले क्षतिग्रस्त मध्यपहाडी लोकमार्गको पुनर्निर्माण पहिलो प्राथमिकता रहेको बताए । मन्त्री लम्सालले बाढीपहिरोबाट घरबारविहीनलाई सुरक्षितस्थानमा आवास बनाउने सरकारको योजना अघि बढेको बताए ।

उनले बाढीपहिरोका पीडितलाई खानपानका लागि मासिक १५ हजार राहतको पहिलो किस्ता निकासाको चरणमा रहेको र बागलुङका प्रत्येक छ पालिकाको विपद् व्यवस्थापन कोषमा ४० लाखको दरले रकम पठाउने तयारी भइरहेको पनि जानकारी दिए ।

उहाँले बाढीग्रस्तक्षेत्र गलकोटस्थित दरमखोला आसपास क्षेत्र, बढिगाड, निसीखोला ढोरपाटनको बुर्तिवाङ, निसीखोला गाउँपालिकाको झिवाखोला र कानाबगरलगायतको स्थलगत निरिक्षण गरेका थिए ।

मन्त्री लम्सालसंगै बागलुङ क्षेत्र नं। २ का प्रतिनिधिसभा सदस्य सोम शर्मा, पूर्वाधार मन्त्रालयका सचिव पदम मैनाली, सडक विभागका महानिर्देशक डा विजय जैसी, बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य तथा सडक बोर्डका सदस्य अर्जुन श्रेष्ठलगायत सहभागी थिए ।

क्षतिग्रस्त सडकको पुनर्निर्माणका लागि आवश्यक योजना, प्राविधिक मूल्याङ्कन तथा सम्बन्धित निकायबाट गर्नुपर्ने पहलका विषयमा संकट भोगेका पालिकाका जनप्रतिनिधिसँग छलफल गरिएको थियो ।

सरकारले पुनर्निर्माण र रहातका लागि बागलुङको गलकोट नगरपालिका, बडिगाड गाउँपालिका, ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका, ताराखोला गाउँपालिका र तमानखोला गाउँपालिकालाई संकट ग्रस्त क्षेत्रका रूपमा घोषणा गरेको छ ।