गृहपृष्ठ कांग्रेस १५औँ महाधिवेशनः ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

कांग्रेस १५औँ महाधिवेशनः ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

कांग्रेस १५औँ महाधिवेशनः ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य(सचिव राजु कटुवालले यही असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा हुने केन्द्रीय महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन आज सकिएको जानकारी दिए।

धनुषा क्षेत्र नम्बर ४, मोरङ क्षेत्र नम्बर ६, अछामका तीन वटा वडा, नवलपरासी क्षेत्र नम्बर २, डडेल्धुराका चार वटा वडा, रुपन्देहीका तीन वडा, महोत्तरीका आठ वडा, सप्तरी क्षेत्र नम्बर २ र ४, सिरहा, रौतहट क्षेत्र नम्बर १ तथा सर्लाही क्षेत्र नम्बर २ का वडाको अधिवेशन अन्तिम चरणमा रहेका उनले जानकारी दिए ।

रसुवा, धादिङ, नुवाकोट तथा असोज ५ गते सम्पन्न हुन बाँकी रहेका वडाहरूको अधिवेशन असोज ६ गते मङ्गलबार पनि जारी रहने कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित समय : २१:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु