गृहपृष्ठ झापाको कचनकवलमा कांग्रेस र एमालेबीच चुनावी तालमेल

झापाको कचनकवलमा कांग्रेस र एमालेबीच चुनावी तालमेल

झापाको कचनकवलमा कांग्रेस र एमालेबीच चुनावी तालमेल

झापाको कचनकवल गाउँपालिकामा नेकपा एमाले र नेपाली कांग्रेसबीच चुनावी तालमेल हुने भएको छ । कचनकवलको अध्यक्ष कांग्रेसले लिने छ भने एमालेले उपाध्यक्ष उठाउने सहमति भएको कांग्रेस झापाका सभापति देउमान थेबेले बताए ।

राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनको निर्वाचन क्षेत्रमा पर्ने कचनकवलमा राप्रपाविरुद्ध एमाले र कांग्रेसको तालमेल अर्थपूर्ण भएको नेताहरुले बताएका छन् ।

सत्तारुढ गठबन्धनका पाँच दलले गठबन्धनबाहेकका दलसँग तालमेल नगर्ने सहमति गरेका छन् । प्रदेश १ नेतृत्वले समेत एमालेसँग तालमेल नगर्न जिल्ला नेतृत्वलाई निर्देशन दिएको थियो । तर कांग्रेसको जिल्ला नेतृत्वले एमालेसँग सहमति गरेको छ ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा कचनकवलको अध्यक्षमा राप्रपा उम्मेदवार अन्जरा आलाम र उपाध्यक्षमा राप्रपाकै उम्मेदवार निमसरी राजवंशी विजयी भएकी थिइन् । कचनकवलमा कांग्रेसले कालेन्द्रप्रसाद सिंह राजवंशीलाई अध्यक्षको उम्मेदवार बनाएको छ ।

उनी २०७४ सालको निर्वाचनमा आलमसँग पराजित भएका थिए । उपाध्यक्षमा एमालेले नवराज भट्टराईलाई अघि सारेको छ ।

प्रकाशित समय : १६:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु