गृहपृष्ठ प्रि–ओपन सेसनमा नेप्से २.४६ अंक बढ्यो
प्रि–ओपन सेसनमा नेप्से २.४६ अंक बढ्यो
काठमाडौं – साताको अन्तिम कारोबार दिन शुक्रबार प्रि–ओपन सेसनमा नेप्से परिसूचक २.४६ अंकले बढेको छ ।
बिहीबार ११.९३ अंक बढेर २ हजार ६२४.३६ विन्दुमा बन्द भएको नेप्से शुक्रबारको प्रि.ओपन सेसनमा बढेर २ हजार ६२६.८३ विन्दुमा पुगेको हो । यस अवधिमा संवेदनशील परिसूचक पनि १.४१ अंकले बढेको छ ।
प्रि– ओपन सेसनमा ७२ वटा धितोपत्रको १२६ पटक कारोबार भएको छ । यस क्रममा ८ हजार ९४२ कित्ता सेयर ४८ लाख ३० हजार ३३१ रुपैयाँ ७० पैसामा किनबेच भएको छ । कारोबार भएका धितोपत्रमध्ये २५ वटाको मूल्य बढेको छ भने ४२ वटाको मूल्य घटेको छ ।
प्रकाशित समय : १३:०२ बजे


















