काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

यमपञ्चकमा विदेशी कूटनीतिक नियोगको शुभकामना

987
shares

ai logo सारांश

  • नेपालीहरुको महान चाड तिहारको अवसरमा नेपालस्थित विभिन्न विदेशी कूटनीतिक नियोगले शुभकामना दिएका छन् ।
  • दूतावासहरुले नेपालीको सुख, शान्ति, समृद्धिको कामना गरेका छन् ।
  • बेलायती दूतावासले सबै जनावरसँगै कुकुरलाई अलि बढी माया गर्नुपर्ने बताएको छ ।

काठमाडौं । नेपालीहरुको महान चाड तिहारको अवसरमा नेपालस्थित विभिन्न विदेशी कूटनीतिक नियोगले शुभकामना दिएका छन् । दूतावासहरुले नेपालीको सुख, शान्ति, समृद्धिको कामना गरेका छन् ।

नेपालस्थित अमेरिकी, बेलायती, चिनियाँ, भारतीय, जापानी, बंगलादेशीसँगैसंयुक्त अरब इमिरेट्स (यूएई) का राजदूतावासले समाजिक सञ्जालमार्फत यमपञ्चक र यसबीचमा पर्ने चाडपर्वको अवसरमा शुभकामना दिएका छन् ।

नेपालस्थित अमेरिकी दूतावासले उज्यालो र उमङ्गको पर्व तिहार मनाइरहेका सबै नेपालीलाई सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र खुसीको कामना गरेको छ । बेलायती दूतावासले सबै जनावरसँगै कुकुरलाई अलि बढी माया गर्नुपर्ने बताएको छ ।

यसैगरी, नेपालस्थित चिनियाँ दूतावासले कुकुर तिहारको अवसरमा नेपालीहरूलाई हार्दिक शुभकामना व्यक्त गरेको छ । दूतावासले सामाजिक सञ्जालमार्फत दूतावासका रक्षकका रूपमा रहेका दुई कुकुर ‘सन्नी’ र ‘स्लोकी’ को तस्बिरसमेत सार्वजनिक गरेको हो ।

यस्तै, संयुक्त अरब इमिरेट्स (यूएई)स्थित नेपाली राजदूतावासले लक्ष्मी पूजा तथा कुकुर तिहारको अवसरमा नेपालीहरूको महान् पर्व तिहारले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र खुसी ल्याओस् भन्ने कामना गरेको हो ।

यस्तै, नेपालमा तिहार पर्वको रौनक चलिरहँदा नेपालस्थित जापानी दूतावासका प्रतिनिधिहरू पनि नेपालीहरूको यस सांस्कृतिक उत्सवमा सहभागी भएका छन् ।

दूतावासले सामाजिक सञ्जालमार्फत तिहार मनाउँदै गरेको सन्देश सार्वजनिक गर्दै उज्यालोको पर्वको सुन्दरता, खुसी र परम्पराको आनन्द लिइरहेको जनाएको छ ।