काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

चिसो बढेपछि बेँसी झर्न थाले बाजुराका भेडापालक किसान

840
shares

बाजुरा । उच्च हिमाली भूभागमा अत्यधिक चिसो बढेपछि यहाँका भेडापालक किसानहरु बेँसी झर्न थालेका छन् । कात्तिक दोस्रो साताको वर्षासहित उच्च हिमाली भेगमा हिमपात भएसँगै चिसो बढेसँगै भेडाबाख्राको चरन अभाव हुने भएपछि भेडीगोठलाई बेँसीतर्फ सारिएका हुन् ।

बूढीनन्दा नगरपालिका–९ का भेडापालक किसान सुमन थापाले अत्यधिक चिसो बढ्न थालेपछि आमाबुबा, श्रीमती र छोराछोरीसहित बेँसी झरेको बताए । उनले साँफे—मार्तडी सडकखण्ड हुँदै २०० भेडासहित चिसो छल्न अछामको गैल जान लागेको बताए । गाउँमा चिसोसँगै हिउँ पर्न थालेपछि भेडा चराउन समस्या हुने भएपछि चैत–वैशाख महिनासम्मका लागि बेँसी झरेको उनको भनाइ छ ।

हिउँदको चिसोबाट भेडाबाख्रालाई जोगाउन र चरनको सहजताका लागि किसानहरू परम्परागत मौसमी बसाइँसराइमा लागेका हुन् । उच्च लेकाली क्षेत्रमा चिसो बढ्दै जाँदा भेडालाई घाँस तथा चरनको अभाव हुने भएकाले किसानहरू भेडाको बथानसहित बेँसी झर्ने गर्छन् । यहाँ पुस्तौँदेखि चल्दै आएको यो परम्पराले यहाँको पशुपालन र ग्रामीण जीवनशैलीलाई समेत झल्काउने गरेको छ ।

जिल्लाका उच्च हिमाली क्षेत्रका भेडा व्यवसायी हिउँदको समयमा चिसो छल्न जिल्लाका बूढीगङ्गा, खप्तड छेडेदहलगायत छिमेकी जिल्ला डोटी र अछामका विभिन्न स्थानमा गएर बस्ने गर्दछन् ।