गृहपृष्ठ तनहुँमा एमाले र कांग्रेसको जोशी समूहबीच चुनावी तालमेल

तनहुँमा एमाले र कांग्रेसको जोशी समूहबीच चुनावी तालमेल

तनहुँमा एमाले र कांग्रेसको जोशी समूहबीच चुनावी तालमेल

तनहुँमा नेकपा एमाले र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री गोविन्दराज जोशी समूहबीच चुनावी तालमेल हुने भएको छ । शनिबार जोशी निवास दमौलीमा दुवै पक्षका नेताहरुबीच भएको छलफलमा चुनावी तालमेल गर्ने सहमति भएको हो ।

नेकपा एमाले तनहुँ र जोशी समूहका ४-४ जना गरी ८ सदस्यीय ‘चुनाव परिचालन समिति’ गठन गर्ने निर्णयसमेत भएको छ । गोविन्दराज जोशीका छोरा दीपकराज जोशीले तनहुँका पालिकाहरुमा एमालेसँग तालमेल गर्ने सहमति भएको बताएका छन् ।

प्रत्येक पालिकाका प्रमुख/उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष, वडाध्यक्ष र सदस्यहरुको साझा उम्मेदवार बनाउने सहमति भएको हाे । दीपकराज जोशीले तनहुँको व्यास नगरपालिकाको प्रमुखमा उम्मेदवारी दिने यसअघि नै घोषणा गरिसकेका छन् ।

तनहुँमा कांग्रेस नेता रामचन्द्र पौडेल र गोविन्दराज जोशीबीच गतनिर्वाचनदेखि नै द्वन्द्व चर्किएको छ । गत प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस नेता पौडेलविरुद्ध बागी उम्मेदवारी दिएपछि कांग्रेसले जोशीलाई पाँच वर्षका लागि निस्कासन गरेको थियो ।

प्रकाशित समय : १५:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु