गृहपृष्ठ कांग्रेस सभापति सवार जिप दुर्घटना, एकको मृत्यु
कांग्रेस सभापति सवार जिप दुर्घटना, एकको मृत्यु
बझाङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । नेपाली कांग्रेस बझाङका सभापति खड्क बोहरासहित परिवार सवार जिप दुर्घटना हुँदा विनोद बोहराको मृत्यु भएको हो । विनोद सभापति बोहराका छोरा हुन् ।
जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार सुर्मा गाउँपालिकाबाट धनगढीतर्फ गइरहेको सुपप्र ०१-००१ च ००९५ नम्बरको जिप वित्थडचिर गाउँपालिका वडा नम्बर ४ देउलेख बजार नजिकै दुर्घटना भएको हो ।
घाइतेहरुको देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि धनगढी रिफर गरिएको छ । प्रहरीका अनुसार जिप शनिबार राति १२:४० बजे दुर्घटना भएको हो ।
जिपमा ३ जना महिला र ६ जना पुरुष गरी ९ जना सवार थिए । थप विवरण आउन बाँकी छ ।
प्रकाशित समय : १५:१९ बजे



















