गृहपृष्ठ प्रदेश १ मा सत्ता गठबन्धन र राप्रपाबीच तालमेल, ओलीलाई हराउन राप्रपालाई सघाउने
प्रदेश १ मा सत्ता गठबन्धन र राप्रपाबीच तालमेल, ओलीलाई हराउन राप्रपालाई सघाउने

राजेन्द्र लिङदेन नेतृत्वको राप्रपा र सत्ता गठबन्धनबीच प्रदेश १ मा चुनावी तालमेल हुने भएको छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको तयारी गरिरहेको सत्ता गठबन्धनले झापासहितका जिल्लामा राप्रपासँग तालमेल गर्ने भएको हो ।
प्रदेश १ का १४ जिल्लामध्ये झापामा राप्रपाको प्रभाव तुलनात्मक रुपमा राम्रो मानिन्छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा झापाको तीन पालिका प्रमुख राप्रपाले जितेको थियो ।
गौरीगञ्ज र हल्दीबारी गाउँपालिका अध्यक्ष जितेको राप्रपाले कचनकवल गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष नै जितेको थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह नगर दमकमा राप्रपा दोस्रो बनेको थियो ।
सत्ता गठबन्धन र राप्रपाबीच तालमेल भएर ओलीको गृहनगरमा राप्रपालाई सघाउने सहमति भएको छ ।
प्रकाशित समय : १५:५८ बजे